वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
काठमाडौँ– वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनको पार्थिव शरीरमा उनका छोराहरू सत्यराज र स्वरूपराज आचार्यले दागबत्ती दिए।
त्यसअघि नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको गायक आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै संगीतकर्मीले उनकै गीत र भजनमार्फत बिदाइ गरेका थिए। संगीतकार संघ नेपालको आयोजनामा भएको श्रद्धाञ्जली कार्यक्रममा ‘जहाँ छन् बुद्धका आँखा’, ‘हजार सपनाहरूको माया लागेर आउँछ’, ‘हरे राम हरे कृष्ण’ गीतलाई उपस्थित संगीतकर्मीसँगै स्वर्गीय आचार्यका दुवै छोराले पनि गाएका थिए।
संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटाले आफूलाई गीतसंगीतमा भविष्य देखाउने र काठमाडौँसम्म आउन प्रेरणा दिने आवाज गायक आचार्यको रहेको बताए। संगीतकार तथा गायक टीका भण्डारीले नेपाली गीतसंगीतमा अपूरणीय क्षति भएको बताए।
गायक हेमन्त शर्माले गायक आचार्यलाई युग गायकको रूपमा सम्झए। संगीतकार वसन्त सापकोटाले भक्तराजको अवसानबाट एउटा इतिहासको समापन भएको बताए। गायिका मिलन नेवाले उनको गीतले आफूलाई प्रेरणा प्राप्त भएको बताइन्।
विसं १९९९ मा धनकुटाको कुरुलेतेनुपामा जन्मिएका आचार्यको नेपाली सुगम संगीतमा महत्त्वपूर्ण योगदान छ। आचार्यले ‘मुटु जलिरहेछ’, ‘जति चोट दिन्छौँ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘हजार सपनाहरूको’, ‘माया मेरी साँझ बिहान’, ‘हजार आँखा हेर्ने’लगायत करिब चार सय गीतमा आवाज तथा संगीत दिएका छन्।
भजन शिरोमणि उपाधि पाएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचार गर्न ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
