लोप हुँदै गएको यो पर्व नेपाल माझी उत्थान संघले २०५५ सालमा सिन्धुलीको मरिन खोलामा पूजा गरेर मनाउन थालेको थियो।
सिन्धुपाल्चोक– माझी समुदायले सामूहिक पूजा तथा नदी सफा गरी मौलिक ‘लदी’ अर्थात् ‘कोशीपर्व’ मनाएका छन्। पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन्।
कोशी पूजा संरक्षण समिति जालपादेवी माझी गाउँ युवा क्लबको आयोजना र नेपाल माझी उत्थान संघ सिन्धुपाल्चोकको सह आयोजनामा भएको कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधानलगायतले शुभकामना व्यक्त गर्दै माझी समुदायको संस्कृति संरक्षणमा नगरले सहयोग गर्ने बताए।
जिल्लाका माझीहरू पर्व मनाउन मेलम्ची –१२ स्थित इन्द्रावती नदीको किनारमा मौलिक पोसाकमा भेला भएर सामूहिक पूजा गरेका थिए। सीमान्तकृत माझी समुदायले लदीपर्व भव्य रूपमा मनाउँदै आएको स्थानीय पूर्ण माझीले बताए।
माझी समुदायले लदी पर्वलाई राष्ट्रिय पर्वको मान्यता तथा सार्वजनिक बिदा दिन माग गर्दै आएका छन्। लोप हुँदै गएको यो पर्व नेपाल माझी उत्थान संघले २०५५ सालमा सिन्धुलीको मरिन खोलामा पूजा गरेर मनाउन थालेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
