बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले एमाले सत्य निरूपण तथा मेलमिलाप विधेयक पारित गर्ने पक्षमा रहेकोसमेत बताएका छन्।
विराटनगर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ओहोदामा रहेकाले भ्रष्टाचारको आरोप लागेका राजीनामा दिनुपर्ने बताएका छन्।
बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले आरोप लागेपछि राजीनामा दिएर सत्यतथ्य छानबिनमा सहयोग गर्नुपर्नेमा जोड दिए।
प्राकृतिक सम्पदाले भरिपूर्ण नेपालमा यथोचित विकास नहुनु दुःखद भएको र सरकार मुलुकको विकास तथा सुशासनमा अघि बढ्न नसकेको ओलीको भनाइ थियो।
फरक प्रसंगमा अध्यक्ष ओलीले एमाले हाल मिसन–८४ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताए। मिसन ८४ अर्थात् २०८४ सालमा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उनको भनाइ थियो।
यसैबीच, वर्तमान गठबन्धन सत्ता टिकाउने काममा मात्र लागेको आरोप पनि उनले लगाए। “नेपाली कांग्रेस ठूलो पार्टी भएर पनि मुलुकको विकासमा समयानुकूल अघि बढ्न सकेन,” उनले भने।
एमाले सत्य निरूपण तथा मेलमिलाप विधेयक पारित गर्ने पक्षमा रहेको ओलीले स्पष्ट पारे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
