इतिहासकार प्राडा तीर्थप्रसाद मिश्रले यो पुस्तकमा लिच्छविकाल र मल्लकालदेखि राणा शासनसम्मका रोचक घटना उल्लेख गरेका छन्।
काठमाडौँ– प्राडा तीर्थप्रसाद मिश्रको नयाँ पुस्तक ‘नेपालको इतिहासका केही रोचक प्रसंगहरू’ प्रकाशन भएको छ।
इतिहासकार मिश्रले यो पुस्तकमा इतिहासका विभिन्न घटनाहरूलाई रोचक ढंगले उल्लेख गरेका छन्। यो पुस्तकका आठ खण्ड छन्। ती खण्डमा उनले लिच्छविकाल, मल्लकालदेखि राणा शासनसम्मका रोचक घटना उल्लेख गरेका छन्। त्यसबाहेक ऐतिहासिक सन्दर्भसँग जोडेर लेखिएका समसामयिक निबन्धलाई पनि उनले पुस्तकमा समावेश गरेका छन्। केही लेख भने यसअघि नै विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका थिए।
प्राडा मिश्रले ४१ वर्षसम्म त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका थिए। सन् २०१५ मा अवकाश पाएपछि आफू लेखपढमा बढी क्रियाशील हुन थालेको र त्यही सिलसिलामा नयाँ पुस्तक लेखेको उनले जनाएका छन्। यसअघि उनका ‘भोटमा नेपाली : पहिचान र पराक्रम’, ‘कचिडेदेखि काठमाडौँसम्म : फर्केर हेर्दा’ लगायत पुस्तक प्रकाशित छन्।
‘नेपालको इतिहासका केही रोचक प्रसंगहरू’ १९६ पृष्ठको छ। यसको मूल्य ५०० रुपैयाँ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
