अर्घाखाँचीबाट एमालेका टोपबहादुर रायमाझी विजयी

उनले नेपाली कांग्रेसकी पुष्पा भुसाललाई १७३० मतले मतान्तरले पराजित गरेका हुन्।

काठमाडौँ- अर्घाखाँचीबाट नेकपा एमाले टोपबहादुर रायमाझी विजयी भएका छन्। उनले नेपाली कांग्रेसकी पुष्पा भुसाललाई १७३० मतले मतान्तरले पराजित गरेका हुन्। 

मंगलबार साँझ सकिएको मतगणनाअनुसार रायमाझीले ४२ हजार ६ सय ७५ मत प्राप्त गरे भने भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गरिन्।