एन्फाले बुधबार विज्ञप्ति जारी गर्दै सावित्राले जोर्डनविरुद्ध फाइनल नखेल्ने जनाएको छ। प्रतियोगिताको फाइनल बिहीबार हुनेछ।
काठमाडौँ– फरवार्ड सावित्रा भण्डारीले साउदी अरबमा जारी पश्चिम एशियाली फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिप २०२४ को फाइनल नखेल्ने भएकी छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार विज्ञप्ति जारी गर्दै सावित्राले जोर्डनविरुद्धको फाइनल नखेल्ने जानकारी दिएको हो।
सावित्रा फ्रान्सको शीर्ष डिभिजन क्लब एना भान गेङगाङ्पमा अनुबन्ध छिन्। उनको टोली रेलिगेसन क्षेत्रमा रहेको छ। १५ खेलमा ३ जित, ३ बराबरी र ९ हारसहित १२ अंक जोडेको टोली तालिकाको १०औँ स्थानमा छ। टोलीले मार्च २ मा लिलसँग खेल्दै छ। जोर्डन र नेपालको फाइनल भने बिहीबार हुँदै छ।
एन्फाका अनुसार क्लबले सावित्रालाई फिफा विन्डोका खेलका लागि फुकुवा गरेको थियो। प्रतियोगिताको समूह चरण र सेमिफाइनलका खेलहरू फिफा विन्डोभित्र पर्ने गर्छ। तर, फाइनल भने विन्डोभित्र पर्दैन। त्यसैले सम्झौता अनुसार क्लब फुटबलका लागि सावित्रा फाइनल नखेली फ्रान्स फर्किन लागेको एन्फाले विज्ञप्तिमा जनाएको छ।
“सावित्रालाई फिफा विन्डोमा आयोजित प्रतियोगिताहरूमा आफ्नो देशको प्रतिनिधित्व गर्न क्लब सम्झौताले अनुमति दिन्छ। वाफको समूह चरण र सेमिफाइनल खेलहरू (फेब्रुअरी १९–२८) फिफा विन्डोभित्र पर्छन्। फेब्रुअरी २९ मा हुने फाइनल फिफा विन्डोभित्र पर्दैन,” एन्फाले भनेको छ।
नेपालले सेमिफाइनलमा लेवनानलाई २–१ ले हराउँदै जोर्डनसँगको फाइनल भेट पक्का गरेको छ। सावित्रा प्रतियोगिताको सर्वाधिक गोलकर्तासमेत हुन्। उनले जारी प्रतियोगितामा ९ गोल गरेकी छन्
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
