हिउँदमा महाकालीमा ढुंगा, गिट्टी र बालुवा छानेर छाक टार्दै आएका सोनाहा जाति वर्षामा ज्याला मजदुरी गर्छन्। स्थानीय सरकार बनेपछि पनि आफ्नो समुदायलाई उपेक्षा गरिएको उनीहरूको गुनासो छ।
महेन्द्रनगर– कञ्चनपुरमा बसोबास गर्दै आएका सोनाहा जाति दशकौँदेखि महाकाली नदीमा बालुवा, गिट्टी छानेर जीविका चलाउँदै आएका छन्।
भीमदत्त नगरपालिका–१२ र १३ मा बसोबास गर्दै आएका उनीहरूको आर्थिक अवस्था दयनीय छ। हिउँदका बेला महाकाली नदीमा ढुंगा, गिट्टी र बालुवा छानेर छाक टार्दै आएका उनीहरू वर्षाका बेला भने गाउँबस्तीमा ज्याला मजदुरी गरेर जीविका चलाउने गर्छन्। गुजारा चलाउन लामो समयदेखि महाकाली बगरमा गिट्टी कुट्नेदेखि गाउँमा मजदुरी, ट्याक्टरमा मजदुरी र स्कुलको होस्टेलमा भाँडा सफा गर्नेसम्मका काम गर्दै आएको स्थानीय रमेश सोनाहाले बताए।
“अहिले महाकालीको बगरमा मजदुरी नगरे बेलुकी चुलो बाल्न मुस्किल पर्छ,” उनले भने, “आफूसित भएको आधा कट्ठा जग्गाको पुर्जा यतिका वर्ष बित्दा पनि हातमा परेको छैन।” रमेशले स्थानीय सरकार बनेपछि पनि आफ्नो समुदायलाई उपेक्षा गरिएको गुनासो गरे। “जग्गाधनी पुर्जा दिन्छौँ र घर पनि बनाइदिन्छौँ भनेर झोपडीको फोटोसमेत खिचेर लगेको वर्षौं भयो,” उनी भन्छन्, “यतिका वर्षसम्म ऐलानी जग्गामा बसी बगरमा संघर्ष गरेर बाँच्नु परेको छ।”
त्यसैगरी, प्रकाश सोनाहाले पहुँचका आधारमा स्थानीय सरकारले जनतालाई सेवा दिँदै आएको आरोप लगाए। “राज्यबाट नागरिकताबाहेक केही पाएनौँ,” उनले भने, “बर्दियामा रहेका सोनाहा जातिलाई अनेकन सुविधा दिएको सुन्छौँ तर यहाँ आश्वासनबाहेक केही पनि पाइएन।” प्रकाशले स्थानीय सरकारले दुईकोठे घर बनाइदिने आशा टुटेको बताए।
“बाढीका बेला भुजेला खोला र महाकालीबाट प्रताडित हुँदासमेत राहत पाएनौँ,” उनले भने। ऐरीकै सविता सोनाहाले महाकाली नदीमा गिट्टी, र बालुवाको भरले छाक टार्नुपरेको गुनासो गरिन्। “राम्रोसित खटिए एक दिनमा एक हजारसम्म कमाउन सकिन्छ,” उनले भनिन्, “हाम्रो त मुख्य रोजगारी भनेकै बगरमा दुःख गर्नुबाहेक केही छैन।” उनले दलित बालबालिकालाई राज्यले दिने सुविधा सोनाहा जातिका बालबालिकालाई पनि दिनुपर्नेमा जोड दिइन्।
वडानं १२ को कार्यालय सचिव राधा भट्टले गत वर्ष तीन सोनाहा परिवारलाई वडा कार्यालयबाट जीविकोपार्जन कार्यक्रमअन्तर्गत बङ्गुर उपलब्ध गराएको बताइन्। चालु आर्थिक वर्षमा बाख्रा पालनमा ५० हजार बजेट विनियोजन गरिएको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
