पूर्वी नेपालका पहाडी जिल्लाहरूमा उत्पादन भएको गाँजा मोरङको सीमावर्ती क्षेत्रमा भण्डारण गरी भारतमा बिक्री गर्ने गिरोह सक्रिय रहेको पाइएको छ।
काठमाडाैँ– पूर्वी नेपालका पहाडी जिल्लाहरूमा उत्पादन भएको गाँजा मोरङको सीमावर्ती क्षेत्रमा भण्डारण गरी भारतमा बिक्री गर्ने गिरोह सक्रिय रहेको पाइएको छ।
गत एक महिनाको अवधिमा मात्र प्रहरीले करिब दुई हजार किलो गाँजा बरामद गरेपछि गाँजा ओसारपसारमा ठूलो गिरोह रहेको निष्कर्षमा प्रहरी पुगेको हो। ओसारपसार, बेचबिखन र प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको गाँजा धनकुटा, उदयपुर, तेह्रथुम, भोजपुर लगायतका जिल्लामा उत्पादन गरी भारत पुर्याउने गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। पहाडी क्षेत्रमा उत्पादन भएको गाँजा एम्बुलेन्स तथा तरकारी बोक्ने सवारीमार्फत ओसारपसार गरी भारततर्फ पुर्याउने गिरोह पछिल्लो सयम सक्रिय रहेको प्रहरीको भनाइ छ।
पूर्वी पहाडी जिल्लामा गाँजाको खेती नै गरेर सेवनका लागि तयारी भएको गाँजा सीमावर्ती क्षेत्रसम्म आइपुग्दा सुरक्षा निकायको भूमिकामाथि नै प्रश्न उठ्ने गरेको छ। तर प्रहरी भने बर्सेनि गाँजा खेती फँडानी गर्ने, उत्पादन तथा ओसारपसार गर्ने गिरोहको सञ्जाल भत्काउने अभियानमा सक्रिय रहेको दाबी गर्छ। लागुऔषध दुर्व्यसनलाई निरुत्साहन गर्न विभिन्न सचेतनामूलक अभियान सञ्चालन गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले बताए।
कोशी प्रदेश प्रहरी कार्यालयकाअनुसार गत माघ महिनायता एक हजार ९१९ किलो गाँजा बरामद गरिएको छ। चालु आर्थिक वर्षको सात महिनामा मात्रै प्रदेशभर दुई हजार आठ किलो गाँजा बरामद भएको छ। अघिल्लो आर्थिक वर्षमा यो प्रदेशमा पाँच हजार ८१५ किलो गाँजा बरामद भएको थियो।
प्रहरीले गाँजालगायत लागुऔषधसहित चालु आर्थिक वर्षको माघसम्ममा ७५८ जनालाई पक्राउ गरेको छ। अघिल्लो आर्थिक वर्षमा प्रहरीले एक हजार १५१ जनालाई लागुऔषधसहित नियन्त्रणमा लिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
