विद्यालय स्तरबाटै बालबालिकाहरूलाई नाट्य क्षेत्रमा अग्रसर हुन प्रेरित गर्ने उद्देश्यले बाल नाटक मेला हुन लागेको हो।
काठमाडौँ– बालबालिकामा अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित राष्ट्रिय बाल नाटक मेलाको दोश्रो संस्करण यही फागुन १८ गतेदेखि हुने भएको छ। नाट्यकर्मी महासंघ नेपालको आयोजनामा हुन गइरहेको बाल नाटक मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
दुई महिनाअघिदेखि देशभरबाट आएका नाटकहरूमध्ये उत्कृष्ट नाटकहरू छनौट गरी फाइनल चरणका लागि छनौट गरिएको आयोजक नाट्यकर्मी महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्र रिमालले बताए।
"दोश्रो चरणको बाल नाटक मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। हामीले देशभर खुल्ला आह्वान गरी नाटकहरू माग गरेकोमा उत्कृष्ट ११ वटा नाटक फाइनलका लागि छनौट गरेका छौँ," अध्यक्ष रिमालले भने। विद्यालय स्तरबाटै बालबालिकाहरूलाई नाट्य क्षेत्रमा अग्रसर हुन प्रेरित गर्ने उद्देश्यले बाल नाटक मेला हुन लागेको हो।
मेलामा कक्षा ८ देखि माथि अध्ययनरत विद्यार्थीहरूले नाटक मञ्चन गर्नेछन्। नाटक मञ्चनको निर्णायकहरूमा निर्देशक राजेन्द्र शलभ, चर्चित टेलिश्रृंखला ‘अबिरल बग्दछ इन्द्रावती’का निर्देशक बद्री अधिकारी, अभिनेत्री सरिता गिरी रहेका छन्। फागुन २७ गतेसम्म चल्ने मेलामा थिएटर र नेपाली चलचित्र क्षेत्रका कलाकारहरूको समेत सहभागिता रहने आयोजक नाट्यकर्मी महासंघले जनाएको छ।
नीजि तथा आवासिय विद्यालयहरूको संगठन प्याब्सन नेपाल र सांस्कृतिक संस्थानसँगको सहकार्यमा हुन गइरहेको बाल नाटक मेलाको प्रायोजकमा सुजल फुड र नेपाल टेलिकम रहेका छन्। आलिशान फर्निचर, क्याम्ब्रिज काठमाडौँ, नेपाल मेडिकल कलेज, फरवार्ड नेपाल, सह–प्रायोजक रहेको कार्यक्रमलाई नेपाल एअरलायन्स, एभरेस्ट बैंक, वाईबी सलुसन प्रालि र नेपाल आयल निगमको समेत सहयोग रहेको छ।
प्रतियोगिताको विजेता नाटकलाई नगद १ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र दिइने छ भने विजयी नाटकलाई अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिताका लागि पठाइने छ। प्रतियोगितामा ११ वटा शीर्षकमा उत्कृष्ट प्रतियोगीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी दिइने छ।
कार्यक्रम स्थलमा नेपाल टेलिकमले निःशुल्क सिम वितरण गर्ने तथा नेपाल मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गर्नेछ। कार्यक्रममा काठमाडौँ, भक्तपुर, ललितपुरसँगै देशका विभिन्न विद्यालयका बालबालिकाहरू, शिक्षक, अभिभावकको प्रत्यक्ष सहभागिता रहने जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
