राष्ट्रियसभा सदस्य विमला घिमिरेले विरोध प्रदर्शनका क्रममा पक्राउ परेका मिटरब्याज पीडितलाई निःशर्त रिहा गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
काठमाडौँ– राष्ट्रियसभा सदस्य विमला घिमिरेले विरोध प्रदर्शनका क्रममा पक्राउ परेका मिटरब्याज पीडितलाई निःशर्त रिहा गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। बिहीबारको राष्ट्रियसभा बैठकमा बोल्दै नेकपा एमाले सांसद घिमिरेले उनीहरूका माग सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राखेकी हुन्।
काठमाडौँमा आन्दोलन गर्दै आइरहेका मिटरब्याज पीडित आन्दोलन गर्दैगर्दा सरकारले कुनै कुरा नसुनेपछि १४ गते संसद् भवनको परिसरमै छिरेर आन्दोलन गर्न बाध्य भएको उनको भनाइ थियो। मिटरब्याज पीडितहरू फागुन १४ गते निषेधित क्षेत्र तोड्दै संसद् भवन परिसरमा प्रवेश गरेर आन्दोलन गरेका थिए। सो क्रममा करिब ५० जना आन्दोलनकारीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो। यस्तो अवस्थालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ थियो।
“धेरै दिनदेखि काठमाडौँमा आन्दोलन गर्दै आइरहेका मिटरब्याज पीडितहरू आन्दोलन गर्दैगर्दा सरकारले कुनै कुरा नसुनिसकेपछि यही १४ गते संसद् भवनको परिसरमै छिरेर आन्दोलन गर्न बाध्य भए। छिर्नु आफैँमा संवेदनशील कुरा हो भने अर्को संवेदनशील विषय उनीहरूलाई पक्राउ गरेर अहिलेसम्म छोडिएको छैन। उनीहरूको माग भनेको निःशर्त रूपमा उनीहरूलाई रिहा गरिनुपर्छ भन्ने हो। मिटरब्याज पीडितका आफ्नै वार्ताका कुरा छन्,” उनले भनिन्।
उनले मिटरब्याज पीडितका माग समयमै सम्बोधन नगर्दा थप दुर्घटना हुनेतर्फ सरकारले सोच्न आवश्यक रहेको बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
