लमजुङमा पृथ्वीसुब्बा गुरुङ विजयी, देव गुरुङ पराजित

लमजुङबाट प्रतिनिधिसभा सदस्यमा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन्।

लमजुङ– लमजुङबाट प्रतिनिधि सभा सदस्यमा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन्।

माओवादी केन्द्रका देव गुरुङलाई हराउदै उनी निर्वाचित भएका हुन्। एमाले सचिवसमेत रहेका पृथ्वीसुब्बाले ३४ हजार ९६९ मत ल्याए।

निकटतम प्रतिद्वन्द्वी देवले ३१ हजार ७८१ मत पाएका छन्। देव गुरुङ माओवादी केन्द्रका महासचिवसमेत हुन्।