नेपालले छिमेकमा भइरहेको आर्थिक समृद्धि र रूपान्तरणको द्रुत गतिबाट फाइदा उठाउन सक्नुपर्ने परराष्ट्रमन्त्री साउदको भनाइ छ।
काठमाडौँ– परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले छिमेकीलाई पहिलो प्राथमिकताका आधारमा व्यवहार गर्न थालिएको बताएका छन्।
नेपाल विश्व सम्बन्ध परिषद्को ७६ औँ वार्षिकोत्सव कार्यक्रममा परराष्ट्रमन्त्री साउदले भारत र चीनसँगको सुमधुर सम्बन्धले मात्र देशको विकास सम्भव भएको बताएका हुन्।
नेपालले सधैँ छिमेकीसँगको सम्बन्ध पारस्परिक विश्वास र सम्मानका आधारमा कायम राख्ने उनको भनाइ छ। दुवै छिमेकी मुलुकसँगको सहकार्य पुरानो र गहिरो भएको पनि उनले बताए।
नेपालको भूखण्ड हिमालयका दुवै छेउका विशाल भूभागहरू बीचको एउटा प्रवेशद्वार भएकोले महत्त्वपूर्ण रहेको उनले उल्लेख गरे। नेपालले छिमेकमा भइरहेको आर्थिक समृद्धि र रूपान्तरणको द्रुत गतिबाट फाइदा उठाउन सक्नुपर्ने उनको भनाइ छ।
परराष्ट्रमन्त्री साउदले नेपालले प्रमुख विश्व शक्तिहरूसँगको सम्बन्ध र विश्व राजनीतिलाई नजिकबाट नियालिरहेको बताए। उनले विकास साझेदारसँगको सम्बन्ध पनि नेपालको प्राथमिकताको विषय रहेको उल्लेख गरे।
नेपाल सन् २०२६ मा अल्पविकसित देशको हैसियतबाट विकासशील देशका रूपमा उत्तीर्ण हुने तयारीमा रहेकोले नेपालको विकास प्रक्रियालाई दिगो बनाउन सबै साझेदारहरूबाट आर्थिक सहयोगको स्तरवृद्धि आवश्यक रहेको उनले बताए।
सन् १९४८ मा परराष्ट्र नीतिको छलफल र विश्वव्यापी सरोकारका विषयमा वकालत गर्ने गरी नेपाल विश्व सम्बन्ध परिषद्को स्थापना भएको थियो। यो गैर–राजनीतिक र गैर–नाफामुखी संस्थाको रूपमा रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
