भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आगामी आर्थिक वर्ष २०८१/८२ मा बजेटको सिलिङ नबढाए विकास निर्माणका नयाँ योजना ल्याउन नसकिने बताएका छन्।
काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आगामी आर्थिक वर्ष २०८१/८२ मा बजेटको सिलिङ नबढाए विकास निर्माणका नयाँ योजना ल्याउन नसकिने बताएका छन्।
बिहीबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सचिव शर्माले आगामी आर्थिक वर्ष २०८१/८२ मा बजेटको सिलिङ बढे मात्रै नयाँ विकास निर्माणका योजना अगाडि बढाउन सकिने बताएका हुन्।
उनले आर्थिक वर्ष २०८१/८२ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १२४ अर्बको सिलिङ आएको बताए। उनले नयाँ योजनासमेत गर्नुपर्ने हुँदा मन्त्रालयलाई २०० अर्बको सिलिङ आवश्यक भएको उल्लेख गरे। उनले १२४ अर्बको सिलिङबाट पनि पुराना आयोजनालाई बजेट छुट्टाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै सिलिङ नथपिएमा नयाँ काम केही पनि गर्न नसकिने बताए।
“हाम्रो सिलिङ यति नै हो त थपिन्छ कि? होइन भने हामी नयाँ त केही पनि गर्न सक्दैनौँ। नीति, कार्यक्रममा पनि केही पनि नलेखे हुन्छ। त्यो कुरा मैले सचिव बैठकमा पनि राखेको छु। अब नयाँ कुरा गर्ने कि नगर्ने भनेर कन्फर्म गरिदिनुपर्छ। कि दुईचार वर्ष पुराना काम सकाऊ र नयाँमा जाऔँ। कि बजेटको आकार बढाऔँ,” उनले भने।
उनले बजेटको सिलिङभन्दा बाहिर गएर काम गर्न नसक्दा सांसदले माग गरेअनुरूप सडक तथा पुलहरू निर्माण गर्न नसकिएको सुनाए। उनले चालु आर्थिक वर्षको मन्त्रालयको खर्च हालसम्म २९ प्रतिशत भएको जानकारी दिए। उनले ६ अर्ब रुपैयाँ गत वर्षकै भुक्तानी गर्न बाँकी रहेको पनि बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
