बिहीबार कुल ७४ लाख ४६ हजार ९९१ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ५९ करोड ८७ लाख ३७ हजार २२८ रुपैयाँको कारोबार भएको छ।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि उच्च अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २८.६८ अंकले ओरालो लागेर १९७२.०९ को विन्दुमा सीमित भएको छ।
ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ४.७९ अंकले ओरालो लागेर ३५१.६५ मा सीमित भएको छ। बिहीबार कारोबार भएका कुल १३ उपसमूह नै ओरालो लागेको हो। कुल ७४ लाख ४६ हजार ९९१ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ५९ करोड ८७ लाख ३७ हजार २२८ रुपैयाँको कारोबार भएको छ।
कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ। सो कम्पनीको ११ करोड १३ लाख १० हजार ३४६ बराबरको कारोबार भएको छ। जोशी हाइड्रोपावर १० करोड १४ लाख ३३ हजार ४५५, हिमालयन रिइन्स्योरेन्स आठ करोड तीन लाख ३५ हजार, हाथवे इन्भेस्टमेन्ट ६ करोड ५९ लाख ९१ हजार ६९६ र शिवम् सिमेन्ट पाँच करोड २१ लाख १२ हजार ८७० रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार, बोटलर्स नेपाल बालाजुको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। मनकामना स्मार्ट लघुवित्त ९.८६, मानुषी लघुवित्त ३.९८, समाज लघुवित्त ३.९०, एनएमबी–५० का लगानीकर्ताले ३.५९ प्रतिशतले गुमाएका छन्।
त्यस्तै, जोशी हाइड्रोपावर १०, अप्पर स्यांगे हाइड्रोपावर ८.६२, मैलुङ हाइड्रोपावर ८.०१, इन्ग्वा हाइड्रोपावर ७.५८ र एनआईसी एसिया ग्रोथ फन्ड दोस्रोका लगानीकर्ताले ७.५७ प्रतिशतले गुमाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
