काँकडभिट्टा–सितापुरीसम्मको ४५ किलोमिटर सडकका चार हजार ७२३ रुख काट्न थालिएको छ।
झापा– पूर्वपश्चिम एशियन राजमार्ग निर्माणका लागि काँकडभिट्टाबाट रूख कटान शुरू भएको छ।
‘दुई लेन’सडकलाई चार लेनमा रूपान्तरण गर्ने उद्देश्यअनुरूप निर्माण शुरू गरिएको एशियन राजमार्गमा बिहीबारदेखि रूख कटान शुरू भएको ‘डिभिजन’ वन कार्यालयका प्रमुख मेघराज राईले बताए।
एशियन राजमार्ग निर्माणका लागि काँकडभिट्टा–सितापुरीलाई पूर्वीखण्ड र सितापुरी–मावा खोलालाई पश्चिम खण्डमा विभाजन गरिएको छ। उनका अनुसार पूर्वी खण्डको ठेक्का प्रक्रिया सम्पन्न भइसकेकाले काँकडभिट्टा–सितापुरीसम्मको ४५ किलोमिटर सडकका चार हजार ७२३ रूख बिहीबारदेखि काट्न थालिएको हो।
उनले निर्माण ठेक्का पाएको कम्पनीले दुई महिनाभित्रमा काँकडभिट्टादेखि केर्खासम्मका रूख कटान गरिसक्नुपर्ने जानकारी दिए। प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बिहीबार बिहान धुलाबारीमा पूजापाठ गरी रूख कटान शुरूआत गरेका हुन्।
रूख कटानसँगै सडक विस्तारको काम शुरू भइसकेको एशियाली विकास बैंक आयोजना कार्यालय दमकका प्रमुख सुनिलबाबु पन्तले राससलाई बताए। उनले राजमार्गका उत्तर दक्षिण विभिन्न भागमा ‘साइड क्लियरेन्स’को काम भइरहेको बताए।
“काम शुरू गर्न रूख नै बाधक थियो,” उनले भने, “रूख काट्ने अनुमति हिजो आएर कटान शुरू भयो अब द्रुतगतिमा काम हुन्छ।” उनले सडक निर्माणसँगै जमिनमुनिका पानीका पाइप र बिजुलीको खम्बा हटाइने बताए।
एशियाली विकास बैंकको सहयोगमा निर्माण शुरू भएको काँकडभिट्टादेखि केर्खासम्मको सडक करिब १० अर्ब रुपैयाँको लगानीमा सम्पन्न हुने गरी ठेक्का एभ्रासकन कालिका जेभीले लिएको छ।
एशिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘महान् एशियाली राजमार्ग’अन्तर्गत नेपालको एक किलोमिटर भागमा मेचीपुल निर्माणसँगै संरचना पूर्ण रूपमा निर्माण भइसकेका छन्। फराकिलो सडकका कारण सडकमा हुने सवारी दुर्घटना घटाउन तथा पूर्वी नाकाबाट स्थलमार्ग हुँदै आउने पर्यटकको संख्या बढ्ने हुँदा मुलुकको अर्थतन्त्रमै टेवा पुग्ने अपेक्षा गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
