मकवानपुर– २ मा एमालेका महेश बर्तौला विजयी

मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका महेश बर्तौला निर्वाचित भएका छन्।

काठमाडौँ– मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका महेश बर्तौला निर्वाचित भएका छन्।

नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई ४ हजारभन्दा बढी मताअन्तरले पछि पार्दै बर्तौलाले प्रतिनिधिसभाको यात्रा तय गरेका हुन्।

बर्तौला ३४ हजार ९१६ मत ल्याए। खतिवडाले ३० हजार ३९६ मत पाए। खतिवडा यसअघिका निर्वाचनमा लगातार चार पटक निर्वाचित भएका थिए।