कांग्रेस महामन्त्री थापाले सम्पत्ति शुद्धीकरण विभागले टाक्स फोर्सले दिएको सुझावबमोजिम घरजग्गा, आयात निर्यात, सहकारीको कारोबार आदिबाट सम्पत्ति शुद्धीकरणका विषयमा काम गर्न आवश्यक रहेको बताए।
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभाग प्रधानमन्त्रीको इच्छाअनुसार चलेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठक उनले यी दुई विभाग चल्ने छुट्टै कानूनी प्रावधान भए पनि कार्यकारीको इच्छाअनुसार चल्ने गरेको बताएका हुन्।
कार्यकारी शक्ति हुनेहरूले सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान हतियार बनाउने गरेको उनको आरोप छ। उनले राजनीतिक दलको प्रतिस्पर्धामा पनि सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान प्रयोग भएको आफूसँग प्रशस्त प्रमाण रहेको बताए।
महामन्त्री थापाले राजस्व अनुसन्धान विभागले अनुसन्धानमा अर्थ मन्त्रालयसँग अलग भएर काम गर्दा विभागको उद्देश्यअनुसार काम गर्न अप्ठ्यारो भएको विषयमा जानकारी दिन आग्रह गरे।
सम्पत्ति शुद्धीकरणले बेनामी उजुरीको आधारमा कुनै एक जना व्यवसायी वा राजनीतिज्ञलाई दुःख दिने माध्यमको रूपमा काम गरेको आरोप लगाए। उनले बेनामी उजुरी दर्तामा लैजाने वा नलैजाने भन्ने विषयमा पैसाको मोलमोलाइ हुन्छ भन्ने सुनेको समेत बताए।
“सम्पत्ति शुद्धीकरण बेनामी उजुरीको आधारमा कसैलाई परिसानी गर्ने माध्यमका रूपमा काम गरेको बुझिन्छ। मुद्दा हेर्ने विषयमा मोलमोलाइ हुन्छ भन्ने सुनिन्छ,” उनले भने।
उनले सम्पत्ति शुद्धीकरण विभागले टाक्स फोर्सले दिएको सुझावबमोजिम घरजग्गा, आयात निर्यात, सहकारीको कारोबार आदिबाट सम्पत्ति शुद्धीकरणका विषयमा काम गर्न आवश्यक रहेको बताए।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राज्यको नीतिले भन्दा नेताको संरक्षणले व्यवसायीलाई समस्यामा पारिरहेको दाबी गरे। उनले मुलुकमा निजी क्षेत्रका व्यवसायीलाई राज्यको नीतिले भन्दा पनि नेताहरूको संरक्षण बढी रहेको बताए। उनले व्यवसायीले नेताको संरक्षण लिएसम्म समस्या जस्ताको जस्तै रहने उल्लेख गरे।
सभापति लामिछानेले व्यवसायीहरूका समस्या समाधान गर्नका लागि नेताको संरक्षणभन्दा पनि राज्यको नीतिले गर्न आवश्यक रहेको धारणा राखे। उनले हरेक उद्योगी–व्यवसायी कुनै न कुनै नेताको संरक्षणमा बस्नुपर्ने बाध्यता रहेको, नेताहरूको संरक्षणका कारण खुलेर समस्याको विषयमा कुरा राख्न नसकेको बताए।
उनले नेपालमा राज्यलाई सबैभन्दा धेरै कर बुझाउने उद्योगी–व्यवसायीको सम्मान गर्न नसकिएको बताए। उनले विश्वको कुनै पनि राष्ट्रमा धेरै कर तिर्नेहरूको सम्मान धेरै हुने गरेको उल्लेख गरे। नेपालमा राम्रो काम गरेर वा नराम्रो काम गरेर धेरै सम्पत्ति कमाउँदा नेताको संरक्षण आवश्यक रहेको उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
