एकीकृत समाजवादीले नेताहरू बीचका वैचारिक मतभिन्नतालाई पनि एउटै दस्ताबेजमा समावेश गरी राष्ट्रिय महाधिवेशनमा छलफल गर्ने भएको छ।
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा वैचारिक छलफलका लागि एउटै दस्ताबेज प्रस्तुत निर्णय गरेको छ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बिहीबार सम्पन्न मस्यौदा समितिको बैठकमा पार्टीलाई अझ सुदृढ तथा एकीकृत गर्न एउटै दस्ताबेज छलफलमा लैजाने सर्वसम्मतिले निर्णय गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। अब केही नेताहरू बीचका वैचारिक मतभिन्नतालाई पनि एउटै दस्ताबेजमा समावेश गरी राष्ट्रिय महाधिवेशनमा छलफल गरिने छ।
यही फागुन १५ गतेदेखि आजसम्म केन्द्रीय कार्यालयमा भएको बैठकमा पार्टीको समाजवादी कार्यक्रमको सैद्धान्तिक दृष्टिकोण, संगठनात्मक कार्यदिशाबारे गहन छलफल भएको थियो। देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै विविधताबीचको एकता र सद्भाव प्रवर्द्धनलाई दस्ताबेजमा समेटिने प्रचार विभाग प्रमुख खतिवडाले बताए।
महाधिवेशनमा विधान सम्मेलनमा पारित प्रतिवेदन, राजनीतिक, आर्थिकलगायत प्रतिवेदनमा थप छलफल गरिने छ। मस्यौदामा सुझाव संकलन गर्न जिल्ला तहका कार्यकर्तालाई मस्यौदा पठाइसकिएको छ। उनीहरूका सुझाव समावेश गरी तयार गरिने दस्ताबेजमा पार्टीको आदर्श, वैचारिक दृष्टिकोण, कार्यदिशा, आगामी दिनमा सञ्चालन गरिने राजनीतिक गतिविधि, कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति समावेश गरिने छ। दस्ताबेज तयारीका लागि पार्टीले अध्यक्ष नेपालको नेतृत्वमा २७ सदस्यीय समिति गठन गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
