ढाकाको बेली रोडमा रहेको एक चर्चित बिरयानी रेस्टुरेन्टमा बिहीबार राति स्थानीय समयअनुसार ९:५० बजे आगलागी भएको थियो।
बांग्लादेशको राजधानी ढाकामा रहेको एक साततले भवनमा बिहीबार राति आगलागी हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। स्वास्थ्य अधिकारीहरूले यसबारे जानकारी दिएका छन्।
बांग्लादेशका स्वास्थ्यमन्त्री सामन्त लाल सेनले ढाका मेडिकल कलेज अस्पताल र नजिकैको बर्न्स अस्पतालको भ्रमण गरेपछि एएफपीलाई भने, "अहिलेसम्म आगलागीबाट ४४ जनाको मृत्यु भइसकेको छ।" सेनले उद्धार गरिएका कम्तीमा ४० जना घाइतेको शहरको मुख्य जलन अस्पतालमा उपचार भइरहेको बताए। २२ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
ढाकाको बेली रोडमा रहेको एक चर्चित बिरयानी रेस्टुरेन्टमा बिहीबार राति स्थानीय समयअनुसार ९:५० बजे आगलागी हुँदा भवनमा धेरै मानिस फसेको थिए। दमकलले दुई घण्टामा आगो नियन्त्रणमा लिएको दमकल विभागका अधिकारी मोहम्मद शिहाबले बताए। उनका अनुसार ७५ जनालाई जीवितै उद्धार गरिएको छ। बेली रोडमा रहेको भवनमा मुख्यतया रेस्टुरेन्टका साथै धेरै कपडा र मोबाइल फोन पसलहरू छन्।
सुरक्षा नियमहरूको लापरबाहीका कारण बांग्लादेशमा अपार्टमेन्ट भवन र कारखाना परिसरहरूमा आगलागीका घटनाहरू भइरहन्छन्। सन् २०२१ को जुलाईमा खाद्यान्न प्रशोधन कारखानामा आगलागी हुँदा धेरै बालबालिकासहित कम्तीमा ५२ जनाको मृत्यु भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
