नामिबिया र नेदरल्यान्ड्ससँगको आफ्नो पहिलो खेलमा पराजित भएको नेपाल फाइनल खेल्ने सम्भावना कायमै राख्न आज नामिबियालाई पराजित गर्नु पर्ने छ।
काठमाडौँ– काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालले शुक्रबार नामिबियासँग खेल्दै छ। नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलत जारी सिरिजमा यसअघि नेपाल लगातार दुई खेलमा पराजित भइसकेको छ।
नामिबिया र नेदरल्यान्ड्ससँगको आफ्नो पहिलो खेलमा पराजित भएको नेपाल फाइनल खेल्ने सम्भावना कायमै राख्न आज नामिबियालाई पराजित गर्नु पर्ने छ। नेपाल र नामिबियाबीचको खेल बिहान साढे ११ बजेपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुरू हुने छ।
नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो भने नेदरल्यान्ड्ससँग २ रनले स्तब्ध भएको थियो। आज यदि नेपाल पराजित भएमा फाइनल खेल्ने सम्भावना सकिने छ। तर, आज जित निकालेमा शनिबार नेदरल्यान्ड्सविरुद्ध पनि जितकै प्रतिक्षा हुने छ।
जारी सिरिजको समूह चरणको अन्तिम खेलमा भने आइतबार नेदरल्यान्ड्स र नामिबिया दोस्रो पटक भिड्ने छन्। फाइनल खेल मंगलबार हुने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
