रुस युक्रेन युद्ध भएको दुई वर्ष पूरा भएको सन्दर्भमा बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनलाई पश्चिमा देशहरुले सघाएको भन्दै कडा आलोचना गरे।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा परमाणु (आणविक) हतियार प्रयोग गर्ने चेतावनी दिएका छन्।
रुस युक्रेन युद्ध भएको दुई वर्ष पूरा भएको सन्दर्भमा बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनलाई पश्चिमा देशहरुले सघाएको भन्दै कडा आलोचना गरे। साथै उनले पश्चिमा देशहरुले युक्रेनलाई साथ दिइरहेमा रुस पनि आणविक हतियार प्रयोग गर्न बाध्य हुने पनि चेतावनी दिए।
उनले आणविक हतियार प्रयोग गर्दा हुने नोक्सानीको जिम्मेवारी रुस नहुने पनि कडा शब्दमा चेतावनी दिए। रुस आणविक हतियारले सुसज्जित रहेको भन्दै आफूसँग नखेल्न चेतावनी पनि दिए।
उनले भने, "पश्चिमा देशहरुले रुसले युरोपमा आक्रमण गर्छ भनेर गलत हल्ला गरिरहेका छन्।" रुसले युरोपमा आक्रमण गर्ने कुनै योजना नबनाएको बताउँदै युक्रेन युद्ध जित्ने योजनामा केन्द्रित भएको बताए।
पुटिनले राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा पनि जनतासँग अपिल गरेका थिए। रुसमा मार्च १५–१७ सम्म चुनाव हुँदै छ। उनी नै पुनः ६ वर्षका लागि निर्वाचित हुने पक्का छ। पुटिनले संसारको सबैभन्दा ठूलो आणविक हतियार भएको देश रुस भएको दाबी गर्दै रणनीतिक स्थायित्वका लागि अमेरिकासँग वार्ता गर्न तयार रहेको पनि रुसी समाचार एजेन्सी टासले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
