पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा मे १ झ २८५६ नम्बरको बोलेरो जिपलाई प्रदेश ०२– ००१ ख ९६७६ नम्बरको टिपरले ठक्कर दिएको थियो।
मोरङ– मोरङको बेलबारीमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। टिपरले बोलेरो जिपलाई ठक्कर दिँदा बोलेरोमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा मे १ झ २८५६ नम्बरको बोलेरो जिपलाई प्रदेश ०२– ००१ ख ९६७६ नम्बरको टिपरले ठक्कर दिएको थियो। प्रहरीका अनुसार बोलेरोमा सवार झापाको कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई, ४४ वर्षीया दिपा खनाल र ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु भएको हो।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार बोलेरोमा सवार सोही ठाउँका हरि खनाल र गायत्री भट्टराई गम्भीर घाइते भएका छन्। उनीहरूको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले टिपर चालक मोरङको सुन्दरहरैंचा नगरपालिका–७ का २३ वर्षीय चन्द्रबहादुर विकलाई नियन्त्रणमा लिएको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
