भिसाको म्याद गुज्रेर बसेका (ओभर स्टे)को हकमा मलेसियन रिंगिट ५०० र भिसाको नियम उल्लंघन गरी बसेकाको हकमा ३०० रिंगिट तिरेर घर फर्किन सक्नेछन्।
काठमाडौँ– वैदेशिक रोजगारीमा मलेसिया गएर विभिन्न कारण अवैधानिक हुन पुगेका नेपाली कामदार स्वदेश फर्किन पाउने भएका छन्।
मलेसियाले त्यहाँ आफ्नो कानूनी हैसियत गुमाएका विदेशी नागरिकलाई घर फिर्ती कार्यक्रम अन्तर्गत यही फागुन १८ देखि २०८१ को पुस १६ गतेसम्मको लागि घर फिर्ती कार्यक्रम ल्याएको हो। यस कार्यक्रम अन्तर्गत मलेसियामा बिना भिसा प्रवेश गरेका वा भिसाको म्याद गुज्रेर बसेका (ओभर स्टे)को हकमा मलेसियन रिंगिट ५०० जरिबाना र भिसाको नियम उल्लंघन गरी मलेसियामा बसेकाको हकमा ३०० रिंगिट तिरेर घर फर्किन सक्नेछन्।
यो समयमा सहायता तथा सहजीकरण गरिदिन्छु भनेर ठगी गर्नेहरू बढ्नसक्ने भएकाले त्यस्ता व्यक्तिबाट जोगिन मलेसियामा रहेको नेपाली दूतावासले आग्रह गरेको छ। साथै मलेसियाको अध्यागमन विभाग तथा दूतावासले यस कार्यको लागि कसैलाई पनि नतोकेकाले त्यस्तो भ्रममा नपर्न पनि आग्रह गरेको छ।
व्यक्ति आफैले घर फिर्ती कार्यक्रममा सहभागी हुनका लागि प्रक्रिया अगाडि बढाउन सक्नेछन्। यस पक्रियाको लागि वैध राहदानी वा यात्रा अनुमतिपत्रको लागि नेपाली दूतावासमा आवेदन दिनुपर्ने हुन्छ। आवेदन दिएको १४ दिनभित्र नेपाल फर्किने एकतर्फी हवाई टिकटको व्यवस्था गर्न पनि दूतावासले भनेको छ।
मलेसियाको अध्यागमन कार्यालयमा गएर जरिबाना तिर्न सकिन्छ। अध्यागमनमा जरिबाना रकम नगदमा तिर्न नमिल्ने भएकाले डेबिट क्रेडिट कार्ड तथा ‘टच एन गो वालेट’ बाट मात्र तिर्नुपर्ने हुँदा सोहीअनुसार तयारी गरेर जान दूतावासले जनाएको छ।
मलेसियाको अध्यागमन विभागले तोकेका विभिन्न १४ वटा स्थानमध्ये कुनै एकमा गएर जरिबाना बुझाउन सकिन्छ। १४ वटा स्थानमा पर्लिस, जोहोर, केडा, केलान्तान, मेलका, नेगेरी सिम्बिलान, पाहाङ, पेराक, पुलाउ पिनेङ, सेलान्गोर, तेरेंगान, क्वालालाम्पुर, लाबुवान र पुत्रजया अध्यागमन विभाको मुख्य कार्यालय रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
