कास्की– २ मा एमालेकी विद्या भट्टराई विजयी

कास्की क्षेत्र नम्बर २ मा नेकपा एमालेकी विद्या भट्टराई विजयी भएकी छन्।

पोखरा– कास्की क्षेत्र नम्बर २ मा नेकपा एमालेकी विद्या भट्टराई विजयी भएकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेललाई हराउँदै उनी विजयी भएकी हुन्। भट्टराईले १६ हजार ९९८ मत प्राप्त गरिन्। उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४९५ मत पाए।

सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले ९ हजार ६५९ मत पाए।