त्रिकोणात्मक टी२० आई सिरिजअन्तर्गत शुक्रबारको खेलमा नामिबियालाई ३ रनले पराजित गरेको नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ।
काठमाडौँ– त्रिकोणात्मक टी२० आई सिरिजअन्तर्गत शुक्रबारको खेलमा नेपालले नामिबियालाई पराजित गरेको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले ७ विकेट गुमाएर निर्धारित ओभरमा १७७ रनमा समेटियो। नामिबियालाई ३ रनले पराजित गरेको नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ।
नामिबियाका लागि २५ बलको सामना गरेका कप्तान जेजे स्मिथ सर्वाधिक ५० रन बनाएर क्याच आउट भए। नामिबियाका लागि खेलको १७औँ ओभर निकै महत्त्वपूर्ण रह्यो। सो ओभरमा उसले २ चौका, १ छक्कासहित १८ रन बनायो।
नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २/२ विकेट लिए। खेलको १.३ ओभरमा सोमपालले ओपनर मलान क्रुगरलाई ३ रनमा आउट गराए। यस्तै उनले ७.२ ओभरमा जेपी कोट्जेलाई विकेट किपर आसिफ शेखको हातबाट क्याचआउट गराए। २२ बलको सामना गरेका कोट्जेले २५ रन बनाएर पेभिलियन फर्किएका थिए। अविनाश बोहराले पनि १ विकेट लिए।
अर्का बलर करण केसीले आफ्नो नाममा २ विकेट रह्यो। खेलको ५.३ ओभरमा अर्का ओपनर इकल भान लिंगेनलाई आउट गराएका उनले खेलको अन्तिम ओभरको पाँचौँ बलमा सन्दीप जोराको हाटबाट आर ट्रम्पलम्यानलाई क्याच आउट गराए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल मल्लको अर्धशतकको (५५ रनमा नट आउट) मद्दतमा ८ विकेट गुमाएर १८० रन बनाएको थियो। कुशल मल्लले ३७ बल खेल्दै १ चौका र ४ छक्काको मद्दतमा ५५ रन बनाए। कुशलले आरिफ शेखसँग पाँचौँ विकेटका लागि ८५ रनको साझेदारी गरे। आरिफले आउट हुनुअघि २४ बलमा चार चौकाको सहायताले ३१ रन जोडे।
त्यस्तै, गुलशन झाले १६ बल खेल्दै १ चौका र ३ छक्काको सहायताले २६ रन बनाए भने अनिल शाहले १७ बलमा ३ छक्काको मद्दतमा २३ रन जोडे। दीपेन्द्रसिंह ऐरी ८ बलमा २ चौका प्रहार गर्दै १६ रनमा आउट भए। कप्तान रोहितकुमार पौडेल ९ बलमा २ चौका प्रहार गर्दै १० रनमा आउट भए। त्यस्तै शुरूआती ब्याट्सम्यान आसिफ शेख १ रनमा आउट हुँदा करण केसीले ७ तथा सोमपाल कामीले २ रन मात्रै बनाए।
बलिङतर्फ नामिबियाका बेन शिकाङगोलले ३ र ज्याक ब्रेसलले २ विकेट लिए। त्यसैगरी बर्नार्ड स्कोल्ज र जान निकोल लोफटी इटनका नाममा समान १/१ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
