तोसिमा कार्की ललितपुर-३ बाट फराकिलो मतान्तरसहित विजयी

ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की फराकिलाे मतान्तरसहित विजयी भएकी छन्। 

काठमाडौँ– ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी भएकी छन्। 

उनले एमालेका अमृत खड्का र माओवादीकी पम्फा भुसाललाई फराकिलो मतान्तरले पराजित गरेकी हुन्। अन्तिम मतपरिणाम अनुसार कार्कीले ३१ हजार १३६ मत पाएकी छन्। 

निकटतम प्रतिद्वन्द्वी एमालेका खड्काले १२ हजार ९६३ मत पाए। यसैगरी ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले आठ हजार ७६९ मत मात्र पाइन्।

भुसाल २०७४ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएकी थिइन्।