एघारौँ शताब्दीको ‘शिवधर्मशाश्त्रम्’ गाताचित्र र बाह्रौँ शताब्दीको इटुम्बहाको कलात्मक टुँडाल (सालभन्जिका याक्षी) घरफिर्ता भएका हुन्।
काठमाडौँ– नेपालबाट आधा शताब्दीअघि हराएका दुई पुरातात्त्विक सम्पदा बेल्जियममा फेला पारेपछि संग्रहकर्ताको स्वेच्छामा घरफिर्ता भएका छन्।
शुक्रबार ब्रसेल्सस्थित नेपाली दूतावासमा आयोजित समारोहमा राजदूत गेहेन्द्र राजभण्डारीलाई दुवै सम्पदा जिम्मा लगाइएको छ।
आर्ट रिकभरी इन्टरनेसनल (एआरआई)संस्थापक क्रिस्टोफर ए. मारिलेनोको विशेष पहलमा बेल्जियमस्थित सम्पदा संग्रहकर्ताले यी सम्पदा नेपाल फर्काउन सहमति दिएका हुन्।
एघारौँ शताब्दीको ‘शिवधर्मशाश्त्रम्’ गाताचित्र र बाह्रौँ शताब्दीको इटुम्बहाको कलात्मक टुँडाल (सालभन्जिका याक्षी) घरफिर्ता भएका हुन्।
“दुई पुरातात्त्विक सम्पदा आजै नेपाली दूतावासमा आइपुगेका छन्, यसरी सम्पदा पहिचान र घरफिर्तीमा मद्दत गर्ने आर्ट रिकभरी इन्टरनेसनलप्रति आभारी जनाएको छु,” राजदूत राजभण्डारीले भने, “अब चाँडै उपयुक्त प्रबन्ध र माध्यमबाट नेपालमा यी सम्पदा पठाउन पहल शुरू हुनेछ।”
यो पनि : राष्ट्रिय अभिलेखालयबाट चोरिएको १ हजार वर्ष पुरानो ‘गाताचित्र’ ५४ वर्षपछि घर फर्किंदै
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
