विभिन्न जिल्लामा शृंखलाबद्ध रूपमा चोरी गरेको आरोपमा एक युवालाई प्रहरीले पर्वतबाट पक्राउ गरेको छ।
पर्वत– विभिन्न जिल्लामा शृंखलाबद्ध रूपमा चोरी गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ। रोल्पाको रोल्पा नगरपालिका–१ का ३३ वर्षीय भरत परियार पर्वतको कुस्मा नगरपालिका–९ कटुवाचौपारीबाट बिहीबार राति २ बजे प्रहरीले पक्राउ गरेको हो।
स्थानीय शर्मिला पौडेलले सञ्चालन गर्दै आएको आसिक एन्ड आसिका किराना पसलबाट १० लाख १७ हजार नगद, १२ हजार रुपैयाँ बराबरको रिचार्ज कार्ड चोरी गर्दै गर्दा स्थानीयले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालयबाट पुगेको प्रहरी नायब उपरीक्षक खुमलाल भुसालको टोलीले पक्राउ गरेको हो।
उनका साथबाट प्रहरीले ३५ तोला ७२ लाल सुन, ११ लाख १५ हजार ४८५ नगद, नेपाल टेलिकम र एनसेलका ४२ थान रिचार्ज कार्ड बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी चोरीमा संलग्न व्यक्ति र बरामद गरिएको सामान सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालका अनुसार चोरी गर्ने व्यक्तिबाट दुई थान मोबाइल, नेपालको नक्सा एक थान, नेपालको सडकको नक्सा एक थान, हँसिया एक थान, निजको नागरिकता, वायरलेस सीसीटीभी क्यामेरा एक थान, हार्डडिक्स एक थान र एलइडी मनिटर एक थान बरामद गरिएको छ।
त्यसैगरी चोरी गर्न प्रयोग गरिएको ह्याम्बर, स्क्रुड्राइभर, जीआई पाइप, टर्च विभिन्न चाबीका झुप्पाहरू, चोरी गर्दा प्रयोग गरिने बालक्याप, पन्जा, पावरबैंक, डिजिटल तौल मेसिन बरामद गरिएको छ।
अभियुक्त परियार यसअघि २०६९ सालमा प्रहरी वृत्त नयाँ बानेश्वरमा चोरी मुद्दामा चार वर्ष कैद भुक्तान गरी २०७३ सालमा छुटेको पाइएको छ। शुरूमा केन्द्रीय कारागार काठमाडौँ र पछि झुम्का कारागार सुनसरीमा बसेको तथा त्यहाँ बस्दा आपराधिक व्यक्तिसँग सम्पर्क बढाई जेलबाट छुटिसकेपछि गिरोहको रूपमा चोरी गर्न थालेको बयान परियारले प्रहरीलाई दिएको छ।
परियारलाई शुक्रबार नै जिल्ला अदालतमा चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी १० दिनको म्याद लिएर अनुसन्धान कार्य शुरू गरिएको प्रहरी नायब उपरीक्षक भुसालले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
