फेब्रुअरी १६ मा जेलमै मृत्यु भएका नाभाल्नीको अन्त्येष्टि ढिला गरी शुक्रबार भएको हो। उनको अन्त्येष्टिमा उपस्थित भएर नाराबाजी नगर्न मस्को प्रशासनले चेतावनी नै दिएको थियो।
रुसका राष्ट्रपति भ्लादिमीर पुटनका सबैभन्दा कडा आलोचक एलेक्सी नाभाल्नीको अन्त्येष्टि गरिएको छ।
फेब्रुअरी १६ मा जेलमै मृत्यु भएका नाभाल्नीको अन्त्येष्टि ढिला गरी शुक्रबार भएको हो। उनको अन्त्येष्टिमा उपस्थित भएर नाराबाजी नगर्न मस्को प्रशासनले चेतावनी नै दिएको थियो। नाभाल्नीका समर्थक गिरफ्तारीमा पर्ने डरबीच पनि अन्त्येष्टिमा सहभागी भएका थिए।
अमेरिका, फ्रान्स, जर्मनीलगायत देशका राजदूतले पनि नाभाल्नीलाई श्रद्धाञ्जली दिएका छन्। नाभाल्नीका आमाबाबुले मस्कोको चर्चमा अन्त्येष्टि समारोहमा भाग लिए। समर्थकले ‘धन्यवाद नाभाल्नी’, ‘पुटिन बिनाको रुस’, ‘रुस छिट्टै स्वतन्त्र हुनेछ’ जस्ता नारा लगाएका थिए। यस अवधिमा सयौँ प्रहरी तैनाथ गरिएको थियो। चर्च बाहिर उपस्थित मानिसहरू रुँदै गुलाब र अन्य फूल भित्र फालेका थिए।
बीबीसीका अनुसार यस अवधिमा मस्कोका धेरै ठाउँमा मोबाइल र इन्टरनेट सेवाले राम्रोसँग काम गरिरहेको थिएन। न्युयोर्क टाइम्सले उक्त समारोहलाई प्रत्यक्ष देखाउने वेबसाइटलाई उद्धृत गर्दै अन्तिम बिदाइको समयमा करिब दुई लाख ५० हजार मानिसले यसलाई अनलाइन हेरेको बताएको छ।
पुटिन विरोधी नेता नाभाल्नीको जेलमै मृत्यु भएको थियो। उनको मृत्युको कारण भने खुल्न सकेको छैन। इन्डिपेन्डेन्ट रुसी अखबार नोभाया गजेटा युरोपले एक चिकित्सकलाई उद्धृत गर्दै आफ्नो रिपोर्टमा नाभाल्नीलाई अस्पताल ल्याउँदा उनको टाउको र छातीमा घाउ रहेको दाबी गरेको छ।
रुसको सबैभन्दा खतरनाक जेल पोलर वुल्फमा नाभाल्नीको मृत्यु भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
