चन्द्रागिरि नगरपालिकाले आफ्नागरबासीलाई डेंगी रोगको निःशुल्क परीक्षण तथा उपचार गर्ने व्यवस्था मिलाएको छ। नागरिकको स्वास्थ्यलाई प्राथमिकता दिएको नगरप्रमुख घनश्याम गिरीको भनाइ छ।
काठमाडौँ- चन्द्रागिरि नगरपालिकाले आफ्ना नगरबासीका लागि डेंगी रोगको निःशुल्क परीक्षण तथा उपचारको व्यवस्था मिलाएको छ।
चन्द्रागिरि नगरपालिका- ४ स्थित प्राथमिक अस्पताल थानकोटबाट दैनिक रुपमा डेंगीको निःशुल्क परीक्षण तथा उपचार भइरहेको छ। नगरबासीको स्वास्थ्यलाई प्राथमिकता दिँदै डेंगीको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए। नगर क्षेत्रभित्र डेंगी सङ्क्रमणको जोखिम बढिरहेकाले स्वास्थ्य सतर्कता अपनाउनसमेत गिरीले नगरबासीलाई आग्रहसमेत गरेका छन्।
१५ शय्याको सो अस्पताललाई नगरपालिकाले नै डेंगी परीक्षणका लागि आवश्यक कीटको व्यवस्था मिलाएको हो। हालसम्म जटिल प्रकारका डेंगीका बिरामी भर्ना नभएको, तर थप सचेत हुनुपर्ने प्राथमिक अस्पताल थानकोटका प्रमुख डा.हेमनाथ आचार्यले बताए। डेंगी भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले सर्ने डेंगीबाट जोगिन उनले सबैलाई आग्रहसमेत गरे।
तीनदेखि पाँच दिनसम्म लगातार ज्वरो आउनु डेंगीको मुख्य लक्षण हो। यसका साथै बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने, खाना अरुची हुने, जोर्नी तथा मांसपेशीको दुखाइ, पेट तथा आन्द्रामा गडबडी हुने हुन्छ। डेंगीको लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ।
डेंगीबाट बच्न पूरा शरीर ढाक्ने गरी कपडा लगाउने, झुलभित्र सुत्ने, लामखुट्टेको टोकाइबाट बच्ने नै प्रमुख उपायहरु हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
