दुर्घटनामा १३ जना घाइते भएका छन्। त्यसमध्ये आठ जनाको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
कटारी– उदयपुरको कटारीमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
शुक्रबार साँझ भएको दुर्घटनामा कटारी नपा–८ थलियाका ७० वर्षीय वीरबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा घाइते कटारी–७ मर्जेतपुरकै ३० वर्षीय लालकुमारी तामाङको पनि मृत्यु वडाध्यक्ष नवीन तामाङले बताए।
दुर्घटनामा गम्भीर घाइते लालकुमारीको विराटनगरस्थित नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको हो। जिप चालक कटारी–८ का ३३ वर्षीय थर्मसिंह तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शुक्रबार साँझ कटारी बजारबाट थलियातर्फ गइरहेको जिप कटारी–७ मर्जेतपुरमा दुर्घटनामा परेको हो। दुर्घटनामा परेर १३ जना घाइते भएका छन्।
घाइतेमध्ये आठ जनाको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अन्य भने सामान्य घाइते रहेको वडाध्यक्ष तामाङले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
