न्यून गुणस्तरका ३ औषधि बिक्रीवितरणमा रोक

औषधि व्यवस्था विभागले बिक्रीवितरणमा रोक लगाइएका औषधि बजारमा रहेका भए तुरुन्तै फिर्ता लैजान पनि कम्पनीलाई निर्देशन दिइएको छ।

काठमाडौँ– औषधि व्यवस्था विभागले तीन वटा औषधिको बिक्री वितरणमा रोक लगाएको छ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएकाले ती औषधिको बिक्री वितरणमा रोक लगाएको बताए। 

उनका अनुसार लोमस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित ‘मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल २०० एमजी र ‘हेल्माप्रेन’ नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेट तथा फर्माको इन्टस्ट्रिज लिमिटेडद्वारा उत्पादित ‘मेट्रो पी’ नामक मेट्रोनिडाजोल २०० एमजीको औषधिमा न्यून गुणस्तर पाइएको हो। 

उनले ती औषधि बजारमा रहेको भए तुरुन्तै फिर्ता लैजान कम्पनीलाई निर्देशन दिइएको बताए।