यूएन वुमनका अनुसार गाजामा युद्धका कारण दैनिक औसत ६३ महिलाको मृत्यु हुने गरेको छ।
गाजामा इजरायली सेनाले चलाएको हवाई तथा जमिनी कारबाहीका क्रममा करिब नौ हजार महिलाले ज्यान गुमाएको संयुक्त राष्ट्रसंघीय महिला कार्यक्रम (यूएन वुमन)ले जनाएको छ। धेरै महिलाहरू भग्नावशेषमा पुरिएको विवरण आएकाले ज्यान गुमाउनेको संख्या सम्भवतः अझै बढ्ने उक्त निकायले जनाएको छ।
यूएन वुमनका अनुसार गाजामा युद्धका कारण दैनिक औसत ६३ महिलाको मृत्यु हुने गरेको छ। युद्धले गर्दा प्यालेस्टिनी महिलाहरूले परिवारका अन्य सदस्य गुमाउनुपरेको र बाँचेका बालबच्चा पनि असुरक्षित रहेको यूएन वुमनले जनाएको छ।
हरेक पाँचमध्ये चारभन्दा बढी या ८४ प्रतिशत महिलाले उनीहरूको परिवारले द्वन्द्व शुरू हुनुअघि प्रयोग गरेको आधा या कम खाना खाने गरेको रिपोर्ट राष्ट्रसंघीय निकायले गरेको छ।
गाजामा पाँचमध्ये चार अर्थात् ८४ प्रतिशत महिलाले गरेको रिपोर्टअनुसार उनीहरूका परिवारका सदस्यले गत हप्तादेखि खाना छोड्नुपरेको छ। तीमध्ये ९५ प्रतिशत आमाहरू खानाबिना नै बस्ने तथा आफ्ना बच्चालाई खुवाउनका लागि आफूहरूले खानामा सम्झौता गर्ने गरेको यूएन वुमनले जनाएको छ।
यूएन वुमनका अनुसार गाजाको २.३ मिलियन जनसंख्याले केही हप्ताभित्र खाद्य असुरक्षाको गम्भीरस्तरको सामना गर्नुपर्नेछ।
गाजा सर्वेक्षणमा १२ मध्ये १० महिला संगठनले आपतकालीन सेवाहरू प्रदान गर्दै आंशिक रूपमा खाद्यान्न सहयोग वितरण गरेको बताएका छन्।
तत्काल मानवीय युद्धविराम नभए आगामी दिनमा अझ धेरैको मृत्यु हुने उल्लेख गर्दै उक्त राष्ट्रसंघीय निकायले गाजामा आवश्यक पूर्वाधारको विनाश र बम विस्फोट रोक्न र तत्काल गाजामा मानवीय सहायता पुर्याउन आग्रह गरेको छ।
सन् २०२३ अक्टोबर ७ मा इजरायलविरुद्ध प्यालेस्टिनी इस्लामिक लडाकु समूह हमासले गरेको आक्रमणको बदलामा इजरायली सेनाले गाजामा कारबाही थालेको थियो। हमासले अचानक गरेको आक्रमणमा इजरायलमा १२ सय जनाको मृत्यु भएको थियो भने अन्य २५० जनालाई बन्धक बनाइएको थियो। त्यसको बदलामा इजरायलले थालेको कारबाहीमा मारिने प्यालेस्टिनीको संख्या ३० हजार नाघेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
