राजनीतिक दलहरूले चितवनमा एक छात्रा मृत भेटिएको घटनाबारे गहन अनुसन्धान गरी छिटोभन्दा छिटो सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका छन्।
काठमाडौँ– राजनीतिक दलहरूले चितवनमा एक छात्राको शंकास्पद मृत्युको घटनाबारे गहन अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।
रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन विद्यालयमा कक्षा–८ मा अध्ययनरत शालीन पोखरेल गत फागुन १२ गते सोही स्कुलद्वारा सञ्चालित होस्टेलमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन्।
सत्तारुढ दल नेपाली कांग्रेसले १४ वर्षीया छात्रा शालीनको होस्टलमा मृत्यु भएको घटना र त्यससँग जोडिएका शंकास्पद विवरणप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
उसले विद्यालयको अभिभावकत्वमा उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी बालिका झुन्डिएको अवस्थामा मृत भेटिनु र त्यसका पछाडि आत्महत्या दुरुत्साहन या हत्याको आशंकाको स्थिति पैदा हुनु अत्यन्तै गम्भीर रहेको उल्लेख गरेको छ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा घटनालाई निष्पक्ष ढंगले गहन अनुसन्धान गरी छिटोभन्दा छिटो सत्य, तथ्य बाहिर ल्याउन र दोषीलाई कारबाहीका लागि सरकारसँग माग गरेको छ
त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि शालीनको शव झुन्डिएको अवस्थामा फेला परेको घटनाको प्रहरीले गहिरो अनुसन्धान गर्नुपर्ने बताएका छन्। शालीनको शव झुन्डिएको अवस्थामा फेला परेको घटनाले बेचैन बनाएको उल्लेख गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत हत्या या आत्महत्या के हो? गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याउन माग गरेका छन्।
“परिवार र आफन्त अत्यन्त पीडित छन्। यस्ता घटनालाई अनुसन्धान गर्ने निकायभन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुगिरहेको हुन्छ। हत्या वा आत्महत्या के हो, गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याइयोस्। सबैले अनुसन्धानलाई सहयोग गरौँ,” उनले लेखेका छन्।
शालीनको मृत्युको घटनाका सम्बन्धमा प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ। शालीनका आफन्तको किटानी जाहेरीपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न अदालतबाट सात दिनको म्याद लिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
