प्रहरीले चितनवमा छात्रा मृत भेटिएको घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको अवस्थामा त्यसलाई प्रभाव पार्ने कुनै पनि विषयवस्तु सम्प्रेषण नगर्न आग्रह गरेको छ।
काठमाडौँ– जिल्ला प्रहरी कार्यालय चितवनले केही दिनअघि रत्ननगर नगरपालिका–१० मा रहेको एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्राको मृत्यु घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको भन्दै त्यसलाई प्रभाव पार्ने कुनै पनि विषयवस्तु सम्प्रेषण नगर्न आग्रह गरेको छ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले शनिबार विज्ञप्ति जारी गर्दै अनुसन्धानका वैज्ञानिक परीक्षण प्रतिवेदनहरू हालसम्म प्राप्त नभएको अवस्थामा अनुसन्धानमा प्रभाव पर्ने गरी कुनै पनि विषयवस्तु सम्प्रेषण नगरिदिन आग्रह गरेका हुन्। विज्ञप्तिमा घटनाबारे गम्भीर रूपमा अनुसन्धान भइरहेको पनि उल्लेख छ।
“विद्यालयको होस्टलका अन्य साथीसहित बस्ने कोठाको सिलिङ पंखामा डोरीको पासो लगाई झुन्डिई छात्राको मृत्यु भएको घटनाबारे जानकारी प्राप्त हुनासाथ तत्काल वरिष्ठ प्रहरी अधिकृतको कमान्डमा घटनास्थल विशेषज्ञसहितको अनुसन्धान टोली घटनास्थलमा खटी घटनास्थल र मृतक शवको सूक्ष्म अवलोकन गरी प्रारम्भिक चरणका अनुसन्धानका काम सम्पन्न गरी हाल सो घटनाको गम्भीर रूपमा थप अनुसन्धान भइरहेको छ”, विज्ञप्तिमा भनिएको छ।
बालबालिकाको मृत्युजस्तो संवेदनशील विषयलाई अत्यन्त गाम्भीर्यताका साथ लिई प्रचलित कानूनले निर्दिष्ट गरेबमोजिम प्रहरीले आफ्नो पेसागत मूल्य, मान्यता, दक्षता र विवेक प्रयोग गरी अनुसन्धान गरिरहेको विज्ञप्तिमा उल्लेख छ। “घटनाबारे वैज्ञानिक प्रयोग तथा प्राविधिक विश्लेषणसमेतका आधारमा तथ्यपरक वस्तुनिष्ठ अनुसन्धान गरिने पीडित परिवार र सम्पूर्णमा विश्वास दिलाउँछौँ,” प्रहरीले भनेको छ।
प्रहरीले घटनाको तथ्यपरक वस्तुनिष्ठ अनुसन्धान जारी रहेको अवस्थामा यसै घटनालाई लिई सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सम्प्रेषित विषयवस्तुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएकोसमेत उल्लेख गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
