दोस्रो संस्करणको केपी ओली फुटबल कपको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ।
काठमाडौँ– दोस्रो संस्करणको केपी ओली राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ।
काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा न्युरोड टिम (एनआरटी)लाई पेनाल्टी सुट आउटमा ५–४ को गोल अन्तरले हराउँदै मच्छिन्द्र च्याम्पियन बनेको हो।
निर्धारित अवधिमा कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। न्युरोड टिमका विवेक पेनाल्टी सुट आउटमा गोल गर्न चुके। गुरुङको प्रहार गरेको बल गोल पोस्टभन्दा परबाट बाहिरिएको थियो। पेनाल्टी सुट आउटमा न्युरोड टिम चुकेसँगै मच्छिन्द्रले ५–४ ले नतिजा आफ्नो पक्षमा पार्यो।
मच्छिन्द्रका लागि सनिश श्रेष्ठ, दिवाकर चौधरी, स्टेफन विनोङ, क्रिस्टोफर चिजोबा र देवेन्द्र तामाङले गोल गरे। एनआरटीका लागि सरोज तामाङ, सञ्जीव विष्ट, अभिषेक लिम्बू र मोहित गुरुङले गोल गर्न सफल भए।
जितसँगै मच्छिन्द्रले नगद १० लाख रुपैयाँ राशिसहित उपाधि उचाल्न सफल भयो। उपविजेता एनआरटीले ५ लाख राशिमा चित्त बुझाएको छ।
एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघले आयोजना गरेको प्रतियोगितामा दुई विदेशीसहित १० टिमको सहभागिता थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
