काठमाडौँसहित देशका विभिन्न स्थानमा बिहानैदेखि हल्का वर्षा जारी

दिउँसो, देशभर साधारणतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

काठमाडौँ– नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। देशभर साधारणतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो, देशभर साधारणतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशीका पहाडी भूभागका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसैगरी, राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, सुदूरपश्चिम र कर्णालीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।

देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।