इंग्लिस प्रिमियर लिग: क्रिस्टल प्यालेसमाथि टोटेनहामको जित, चेल्सी रोकियो

शनिबार राति टोटेनहामले क्रिस्टललाई ३–१ ले पराजित गरेको हो। यस जितसँगै टोटेनहाम ५० अंकसहित तालिकाको पाँचौँ स्थानमा छ।

काठमाडौँ– इंग्लिस प्रिमियर लिगमा टोटेनहामले क्रिस्टर प्यालेसलाई पराजित गर्दा चेल्सी बराबरीमा रोकिएको छ।

शनिबार राति टोटेनहामले क्रिस्टललाई ३–१ ले पराजित गरेको हो। घरेलु टोलीको जितमा टिमो वार्नर, क्रिस्टियन रोमेरो र सन हङ मिनले गोल गरे। क्रिस्टलका एबेरेची इजेले १ गोल फर्काए। 

यस जितसँगै टोटेनहाम ५० अंकसहित तालिकाको पाँचौँ स्थानमा छ। पराजित क्रिस्टल २८ अंकसहित चौधौँ स्थानमा छ। 

प्रिमियर लिगकै अर्को खेलमा चेल्सी ब्रेन्टफर्डले २–२ गोलको बराबरी खेलेका छन्। ब्रेन्टफर्डका म्याड्स रोरस्लेभ र योएनी विसाले गोल गर्दा चेल्सीका निकोलस ज्याक्सन र एक्सेल डिसासीले बराबरी गोल फर्काए।

यस बराबरीपछि चेल्सी ३६ अंकसहित ११औँ स्थानमा यथावत् छ। ब्रेन्टफर्ड २६ अंकसहित १५औँ स्थानमा छ।