बिरामीलाई बलात्कार गरेको अभियोगमा इजिप्टका एक डाक्टरलाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय दिने निर्णय गरेको हो।
बिरामीलाई बलात्कार गरेको अभियोगमा इजिप्टका एक डाक्टरलाई मृत्युदण्डको सजाय सुनाइएको छ। ९३ बिरामीलाई बलात्कार गरेको अभियोग लागेका ती डाक्टरलाई इजिप्टको फौजदारी अदालतले यो फैसला सुनाएको गल्फ न्युजले जनाएको छ।
इजिप्टका 'ग्रान्ड मुफ्ती' (इस्लामिक न्याय परिषद्का प्रमुख)सँग लामो समयको परामर्शपछि मृत्युदण्ड दिने बारे सहमति जुटेको हो। अदालतको यस निर्णयलाई मृत्युदण्डको सजायको लागि आवश्यक प्रक्रिया भनिएको छ। काइरोको शुभ्रा क्षेत्रमा क्लिनिक सञ्चालन गर्ने डाक्टरको विरुद्धमा एक महिलाले उजुरी दिएपछि घटना बाहिरिएको थियो। उनले गर्भपतन गराउने बदलामा जबरजस्ती यौनसम्पर्क गरेको आरोप लगाएकी थिइन्। त्यसपछि प्रहरीले ती डाक्टरलाई तत्काल पक्राउ गरेर कारबाही पक्रिया अगाडि बढाएको थियो। इजिप्टका मिडियामा यस घटनालाई लिएर देशव्यापीरूपमा कभरेज पाएको थियो।
अनुसन्धान अगाडि बढेसँगै ती डाक्टरको घिनलाग्दो क्रियाकलाप बाहिरिँदै गयो। अरु पीडित महिलाहरूले पनि कानूनी सहायता माग्दै उजुरी दिन थाले। त्यसपछि क्लिनिकको पर्खाल भित्र दुव्र्यवहारको एक विचलित ढाँचा छताछुल्ल भयो।
ती डाक्टरले आर्थिक अवस्था कमजोर भएका बिरामी महिलाहरूलाई आर्थिक प्रलोभनमा पारेर, यौन सम्पर्कको बदलामा पैसा तिर्नु नपर्ने शर्त राखेर जबरजस्ती गर्ने गरेको पीडितहरूले बताएका छन्। यतिमात्र नभएर जबरजस्ती करणीपछि बिरामीहरूलाई ब्ल्याकमेल गर्ने गरेको खुलासा पनि भएको समाचारमा उल्लेख छ। यसमा डाक्टरको नाम भने उल्लेख गरिकएको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
