घरेलु हिंसाबाट आठ हजार २१४ जना पीडित भएका छन्। त्यसमध्ये सात हजार ४०१ महिला र ८१३ जना पुरुष छन्।
काठमाडौँ– साउनदेखि पुससम्म घरेलु हिंसा सम्बन्धी आठ हजार २०८ वटा मुद्दा दर्ता भएका छन्। मदिरा सेवन, तेस्रो व्यक्तिसँगको सम्बन्ध, आर्थिक अभाव, अरूको देखासिकी जस्ता कुराले मानिसमा बढ्दो अधैर्यपनका कारण परिवारभित्र घरेलु हिंसा बढेको तथ्यांकले देखाउँछ।
नेपाल प्रहरीको तथ्यांक अनुसार तीमध्ये ४ हजार ९७ उजुरी फर्छ्यौट भएका छन्। तीन हजार २११ उजुरी थाती छन्। यस्तै, घरेलु हिंसाबाट आठ हजार २१४ जना पीडित भएका छन्। त्यसमध्ये सात हजार ४०१ महिला र ८१३ जना पुरुष छन्।
पीडित हुनेमा निरक्षर ३ प्रतिशत, सामान्य साक्षर ७७ प्रतिशत, विद्यालस्तर १४ प्रतिशत र प्रमाणपत्र तहभन्दा माथि ६ प्रतिशत रहेका छन्। नेपाल प्रहरीमा दर्ता भएका उजुरीसम्बन्धी तथ्यांक हेर्दा कुल लैंगिक हिंसाको ८० प्रतिशत घरेलु हिंसा भएको देखिन्छ।
प्रदेशगत रूपमा तथ्यांक केलाउँदा पीडितमध्ये सबैभन्दा धेरै मधेश प्रदेशमा र सबैभन्दा कम कर्णालीका नागरिक छन्। त्यसपछि काठमाडौँ उपत्यका धेरै हिंसा पीडित रहेका मध्येको तेस्रो स्थानमा पर्छ।
मधेश प्रदेशमा सबैभन्दा धेरै दुई हजार ७३७ जना घरेलु हिंसा पीडित छन्। त्यसपछि क्रमशः लुम्बिनी एक हजार ३६७, काठमाडौँ उपत्यकामा एक हजार २२३ जना, कोशीमा ८८२, सुदूरपश्चिममा ६४०, बागमतीमा ६३८,गण्डकीमा ३२८ र कर्णालीमा ३९९ जना पीडित रहेका छन्।
घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ अनुसार परिवारभित्र घरेलु सम्बन्ध वा व्यक्तिसँग गाँसिएर हुने हिंसाजन्य, शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना नै घरेलु हिंसा हो। यसले गाली गर्ने तथा भावनात्मक चोट पुर्याउने अन्य कुनै कार्यलाई समेत जनाउँछ। ऐनले घरेलु हिंसालाई अपराध मानेर पीडितलाई कानूनी सुरक्षा प्रदान गरेको छ। तर पनि, हिंसाका घटनामा आएको छैन। हिंसाबाट पुरुषको तुलनामा महिला बढी प्रताडित छन्।
नेपाल प्रहरीका डीआईजी भीमप्रसाद ढकाल घरेलु हिंसा नेपालको मात्र नभएर विश्व मै गम्भीर समस्याको रूपमा आएको बताउँछन्। उनका अनुसार व्यक्तिको सामाजिक, मानसिक, आर्थिक, पारिवारिकलगायत विभिन्न पक्षमा घरेलु हिंसाले असर पुर्याउने हुँदा प्रहरीले घरेलु हिंसा नियन्त्रण तथा अनुसन्धानलाई प्राथमिकतामा राखेको छ।
आर्थिक सँगै पारिवारिक सम्बन्ध राम्रो नभएका र निरक्षर परिवारभित्र घरेलु हिंसा बढी हुने गरेको अनुसन्धानबाट खुल्न आएको छ। “मदिरा सेवन, तेस्रो व्यक्तिसँगको सम्बन्ध, अरूको देखासिकी, मानिसमा देखा परेको अधैर्यपन तथा शिक्षाको कमी भएका परिवारमा घरेलु हिंसा भएको देखिन्छ,” डीआईजी ढकाल भन्छन्, “घरेलु हिंसा न्यूनीकरण गर्न सरोकारवाला पक्षबाट समेत पहल हुनु जरुरी छ।”
घरेलु हिंसा भएको, भइरहेको वा हुन लागेको थाहा पाउने जुनसुकै व्यक्तिले प्रहरी कार्यालय वा राष्ट्रिय महिला आयोग वा स्थानीय तहमा लिखित वा मौखिक उजुरी दिन सक्छन्। प्रहरीमा दर्ता भएका उजुरीमा बाटोको म्यादबाहेक २४ घण्टाभित्र पीडकलाई झिकाई र अटेर गरे पक्राउ गरी बयान गराउनुपर्ने कानूनी व्यवस्था छ।
प्रहरीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका एसपी बाल नरसिंह राणा पीडितलाई प्राथमिकता दिएर कार्य गर्दै आएको बताउँछन्।
“पीडित केन्द्रित अनुसन्धानको लागि पीडितलाई उजुरीमा सहज पहुँच, पीडितको सुरक्षा, पीडितको उद्धार, परामर्श, पुनर्स्थापनालगायत पक्षलाई ध्यान दिइएको छ,” उनले भने, “पीडितलाई सेवा प्रवाहको केन्द्रमा राखी घरेलु हिंसा उजुरीको समयमा नै व्यवस्थापन गर्ने गरी काम गरिरहेका छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
