उनको नेतृत्वमा सायकोटका अन्य स्थानीयको जग्गामा रहेका झाडी तथा रूख हटाउने कार्यले तीव्रता पाएको छ। अहिले सायकोट क्षेत्रको ५०० रोपनी भन्दा बढी खेतीयोग्य जग्गामा रहेका झाडी हटाउने काम भइरहेको हो।
बागलुङ– वैदेशिक रोजगारीमा २० वर्ष बिताएका बागलुङ नगरपालिका–८ सिगाना सायकोटका ईन्द्रबहादुर कार्कीले गाउँ फर्केर सुन्तलाखेती थालेका छन्। गाउँमा खाद्यबाली लगाउने परिपाटी घट्दै गएपछि बाझिन थालेको पाँच रोपनी बारीमा सुन्तलाखेती थालेका कार्की अहिले खेतीयोग्य जग्गाको झाडी हटाउने अभियानमा छन्।
लामो समय वैदेशिक रोजगारीमा बिताएर गाउँ फर्केर आउँदा युवा पलायनका कारण अधिकांश खेतीयोग्य जग्गामा झाडी पलाएको देखेपछि झाडी फाँडेर सुन्तलाखेती विस्तार गर्न थालेको कार्कीले बताए। पहिलो चरणमा ८० सुन्तलाका र ४० कागतीका बिरुवा रोपेको बताउँदै उनले सुन्तलाखेतीलाई विस्तार गरी १५ रोपनीमा पुर्याउने लक्ष्य रहेको सुनाए।
कार्कीको नेतृत्वमा उनको जग्गा मात्रै होइन सायकोटका अन्य स्थानीयको जग्गामा रहेका झाडी तथा रूख हटाउने कार्यले तीव्रता पाएको छ। अहिले सायकोट क्षेत्रको ५०० रोपनी भन्दा बढी खेतीयोग्य जग्गामा रहेका झाडी हटाउने काम भइरहेको हो।
“केही वर्ष भारतमा बिताएँ। १५ वर्ष साउदीमा रोजगारी गरेँ। अहिले गाउँ फर्केर आउँदा उराठ लाग्दो अवस्था रहेछ, गाउँमा रूख बिरुवाले खेतीयोग्य जग्गा ढपक्कै ढाकेको छ। खेती गर्ने कोही छैनन्,” कार्कीले भने, “गत वर्ष सुन्तला र कागती बारीमा लगाएँ। वरपर रहेका अनावश्यक रूख र झाडीले ती बिरुवा बढ्न पाएनन्। अहिले वडा कार्यालयको प्राविधिक सहयोगमा रूख फडानी भइरहेको छ। अधिकांश झाडीले भरिएको जग्गामा सुन्तलाखेती गर्न थालिएको छ।”
कार्कीले आफ्नो १५ रोपनी खेत तथा बारीमा सुन्तला र कागतीखेती विस्तार गर्नका लागि सबै झाडी हटाएर खाली गरेको जानकारी दिए। सुन्तला गाउँका रूपमा चिनिएको सिगानभित्रको सायकोट गाउँमा यसअघि व्यावसायिक सुन्तलाखेती हुन सकेको थिएन। सुन्तलाबाटै वार्षिक तीन करोड रुपैयाँ भित्र्याउने सिगानको बेँसी, ढोकानफाँट, बाँस्बोट र कोरीखोलालगायत गाउँमा व्यावसायिक सुन्तलाखेती उत्पादन हुँदै आएका छन्।
“सिगाना सुन्तला गाउँका रूपमा चिनिए पनि सायकोटमा व्यावसायिक खेती भएको छैन। यहाँ गत वर्षदेखि सुन्तला लगाउन थालिएको हो। सुन्तलाखेती फस्टाउन बाझो जग्गाको झाडी फडानी गर्ने, कुकाठ हटाउने काम भएको छ। यसले खेती विस्तारमा टेवा पुग्नेछ,” स्थानीय सूर्य कार्कीले भने, “गाउँ–गाउँमा ग्यासको प्रयोग बढेपछि दाउराको प्रयोग कम हुँदा वन जंगल बढेर घरसम्मै आउन थालेपछि रूख र झाडी फडानी गरेर सुन्तला लगाउन अभियान थालिएको हो।”
बागलुङ–८ सिगानास्थित वडा कार्यालयले रूख फँडानीमा सघाएर किसानलाई सुन्तलाखेती विस्तार गर्ने योजनामा चालु आर्थिक वर्षमा एक लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। उक्त रकमले एक हजार रोपनी जग्गाका रूख बिरुवा हटाउन सक्ने भन्दै हालसम्म पाँच रोपनी खेतीयोग्य जग्गाका रूख बिरुवा हटाइसकिएको वडा नं ८ का वडाध्यक्ष छमबहादुर कार्कीले जानकारी दिए। उनले कटान गरेका रूख व्यवस्थापन भने जग्गाधनीले गर्दै आएकाले थोरै रकमले धेरै काम गर्न सकिएको बताए।
खेतीयोग्य जग्गामा ढाकिएको उत्तिस, चिलाउने, मल्लात्तो र बाँसघारीलगायत झाडी तथा साना रूख हटाएर सुन्तलाखेती गर्ने अभियान अहिले बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले समेत चलाएको छ।
खेतीयोग्य जग्गा बाझिँदै गएपछि उम्रिएका रूख बिरुवाले फलफूल तथा नगदेबाली गर्न कठिनाइ भएपछि अहिले खेतबारीमा रहेका रूख हटाउने अभियानले तीव्रता पाएको स्थानीय बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
