शल्यक्रियाका क्रममा डाक्टरले मेडिकल सामग्री बिरामीको शरीरभित्रै छाडेका घटना पनि बेलोबला सुनिन्छन्। बिरामीको स्वास्थ्यसँग डाक्टरले गरेका लापरबाहीका उदाहरण विश्वमा धेरै छन्।
केही वर्ष पहिले नेपालकै एक निजी अस्पतालमा बायाँ खुट्टाको शल्यक्रिया गर्नुपर्नेमा दायाँ खुट्टाको शल्यक्रिया भएको थियो। शल्यक्रियाका क्रममा डाक्टरले मेडिकल सामग्री बिरामीको शरीरभित्रै छाडेका घटना पनि बेलोबला सुनिन्छन्। बिरामीको स्वास्थ्यसँग डाक्टरले गरेका लापरबाहीका उदाहरण विश्वमा धेरै छन्। पछिल्लो समय अर्जेन्टिनाका डाक्टरले गरेको यस्तै ठूलो लापरबाही बाहिरिएको छ।
पित्तथैलीको शल्यक्रिया गर्न अस्पताल पुगेका बिरामीको त्यहाँका डाक्टरले स्थायी बन्ध्याकरण नै गरिदिए। अर्जेन्टिनाको समाचार आउटलेट ईआई डोसका अनुसार यो गत हप्ताको घटना हो।
४१ वर्षीय जर्ज बेसटो आफ्नो पित्तथैलीको शल्यक्रिया गर्न कर्डोबाको फ्लोरेसियो डियाज प्रान्तीय अस्पतालमा पुग्छन्। फेब्रुअरी २८ बुधबारको लागि उनको शल्यक्रियाको समय तोकिन्छ। तर त्यो दिन जर्जको समय नमिल्ने हुँदा उक्त शल्यक्रिया अर्को दिन बिहीबारको लागि सारिन्छ।
शल्यक्रियाको दिन डाक्टरको समूह जर्ज रहेको कोठामा आउँछन् र उनलाई स्ट्रेचरमा राखेर अपरेसन थिएटरमा लगिन्छ। त्यतिन्जेलसम्म पनि ती डाक्टरले जर्जको मेडिकल चार्ट/रिपोर्ट हेर्ने कष्टसम्म गर्दैनन्। त्यो दिनको लागि भनेर तोकिए अनुसारको शल्यक्रिया गरेर उनीहरू अपरेसन थिएटरबाट बाहिरिन्छन्।
होसमा आएपछि जर्ज आफ्नो शल्यक्रिया सफल भयो भनेर खुशी हुन्छन्। त्यहीबेला चेकिङमा आएका डाक्टरले बल्ल उनको मेडिकल चार्ट समातेर पढ्न थाल्छन् र पित्तथैलीको शल्यक्रिया गर्नुपर्नेमा बन्ध्याकरण भएको भन्दै अपराधबोध भावमा उनीसँग क्षमा माग्छन्।
डाक्टरले गरेको गल्ती थाहा पाएपछि एकछिन त जर्ज छाँगाबाट खसेझैँ भए। मेडिकल चार्ट नपढ्दा डाक्टरले जर्जको ‘पोस्टपोन्ड’ भएको ‘सेड्युल’बारे थाहा पाएनन्। बिहीबारको नियमित बन्ध्याकरणको ‘सेड्युल’ ठानेर त्यहीअनुसार शल्यक्रिया गर्दा जर्ज चिकित्सकीय लापरबाहीको शिकार हुन पुगे।
त्यसपछि फेरि उनको पित्तथैलीको शल्यक्रिया गरियो। आफ्नो बन्ध्याकरण भएपछि जर्ज चिन्तित थिए। तर डाक्टरहरू आफूले गरेको लापरबाहीको पूर्ति गर्न सक्ने अवस्थामा थिएनन्। उमेरको कारण पनि काटिएका नलीलाई जोडेर शल्यक्रिया सफल हुने सम्भावना एकदमै न्यून हुने भन्दै डाक्टरले कृत्रिम गर्भाधान गर्न सकिने भन्दै सम्झाइ बुझाइ गरेका थिए।
यता दुई सन्तानका बुवा बनिसकेका जर्ज आफ्नो नयाँ प्रेमिकाबाट पनि सन्तानको योजना बुनिरहेका थिए। त्यहीबेला यस्तो घटना हुँदा उनले डाक्टरसँग आक्रोश पोखेका छन्। जर्जका वकिलले यो क्षमा गर्न नसकिने लापरबाही भनेका छन्। उनीहरूले अस्पताल र डाक्टरविरुद्ध मुद्दा हाल्ने तयारी गरिरहेको बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
