पाकिस्तानको प्रधानमन्त्रीमा शरीफको पुनरागमन

पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज शरीफ निर्वाचित भएका छन्।

पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज शरीफ निर्वाचित भएका छन्। गठबन्धनको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री शरीफ राष्ट्रियसभा (नेसनल एसेम्ब्ली)बाट दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित भएका हुन्।

योसँगै पाकिस्तानी जेलमा रहेका विपक्षी नेता इमरान खानसमर्थित नेताहरूलाई सरकारमा पुग्न नदिने योजनामा गठबन्धनलाई सफलता मिलेको छ।

पाकिस्तानको नेसनल एसेम्बलीमा नवनिर्वाचित २०१ सांसदले शरीफको पक्षमा मतदान गरेका छन्। पूर्वप्रधानमन्त्री खाननिकट सांसदहरूको उम्मेदवारका रूपमा प्रधानमन्त्रीको नेतृत्वको दाबी गरेका ओमार अयूब खानले ९२ मत प्राप्त गरे।

निर्वाचनको परिणाम घोषणा गर्दै नेसनल एसेम्बलीका नवनियुक्त सभामुख सरदार अयाज सादिकले भने, “शहबाज सरिफ इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ।”