नेप्से दोहोरो अंकले घट्यो, २ अर्बको कारोबार

आइतबार नेप्से परिसूचक ११.७८ अंकले घटेर १९६०.३० को विन्दुमा कायम भएको छ।

काठमाडौँ– यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक ११.७८ अंकले घटेर १९६०.३० को विन्दुमा कायम भएको हो।

आइतबार ३०९ कम्पनीको ५५ लाख ७४ हजार २०७ कित्ता ४५ हजार ४४२ पटक खरिदबिक्री हुँदा दुई अर्ब आठ करोड २७ लाख ८६ हजार ८९ रुपैयाँ बराबरको कारोबार भएको छ।

होटल तथा पर्यटन समूह ०.५४ र उत्पादन तथा प्रशोधन समूह ०.६६ प्रतिशतले बढेका छन् भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै व्यापार समूह २.५२ र अन्य समूह १.०२ प्रतिशतले घटेको छ।

आइतबारको कारोबारपछि शेयर मूल्य बढेका कम्पनीहरूमा सबैभन्दा धेरै ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर ९.७० र एनआईसी एशिया ग्रोथ फन्ड–२ को शेयर मूल्य ८.४५ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने चिर्खुवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ७.४९ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको १३ करोड २० लाख ४९ हजार ४४० बराबरको दुई लाख ९२ हजार ३२६ कित्ता शेयर कारोबार भएको छ।