इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर सिटीको पुनरागमन जित

आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले म्यान्चेस्टर युनाइटेडविरुद्ध ३–१ गोल अन्तरको पुनरागमन जित निकालेको छ।

काठमाडाैँ– ‌इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले म्यान्चेस्टर युनाइटेडविरुद्ध ३–१ गोल अन्तरको पुनरागमन जित निकालेको छ।

सिटीको पुनरागमन जितमा फिल फोडेनले २ र एर्लिंग हालान्डले १ गोल गरे। मार्क रासफोर्डले गरेको १ गोल युनाइटेडका लागि सान्त्वना बन्यो।

यो जितसँगै सिटीले जारी सिजनमा २७ खेलबाट ६२ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ। युनाइटेडको भने समान खेलबाट ४४ अंकसहित छैटौँ स्थानमा यथावत् रहेको छ। जारी सिजनमा यो युनाइटेडको ११औँ पराजय हो। 

खेलको आठौँ मिनेटमा पाहुना टोली युनाइटेडका लागि रासफोर्डले गोल गर्दै शुरूआती अग्रता दिलाएका थिए। तर, उक्त अग्रता युनाइटेडले दोस्रो हाफमा जोगाउन सकेन। ५६औँ मिनेटमा गोल गर्दै सिटीलाई १–१ गोलको बराबरी अवस्थामा ल्याएका फोडेनले फेरि ८०औँ मिनेटमा अर्को गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए। त्यसपछि इन्जुरी समयको पहिलो मिनेटमै हालान्डले गोल गर्दै सिटीलाई ३–१ को जित दिलाए।