सुखानी शहीदका परिवारसँगको भेटमा प्रधानमन्त्री दाहालले आजैको मितिदेखि कम्युनिस्ट एकताका लागि आफूले थप पहल गरेको बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गठबन्धन टुटाएर नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग सत्ता सहकार्य गर्ने स्पष्ट पारेका छन्। सोमबार सुखानी शहीदका परिवारसँग भेट गरेका उनले आफूले कम्युनिस्ट एकताको लागि थप पहल आजैबाट शुरू गरेको बताए।
माओवादीले कम्युनिस्ट आन्दोलन र जनयुद्ध जोड्नुपर्छ भनेर फागुन १४ देखि २१ सम्म शहीद सप्ताह मनाउँदै आएको छ। आज सप्ताहको अन्तिम दिन दाहालले जनयुद्धमा मारिएका शहीद परिवारका सदस्यहरूसँग भेट गरेका थिए।
तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जंगलमा हत्या गरेको थियो।
शहीद परिवारका सदस्यहरू विशेश्वरा दाहाल, जीवन घिमिरे, रविन दाहाल, बुद्ध घिमिरेलगायतसँगको भेटमा प्रधानमन्त्री दाहालले शहीदप्रति उच्च सम्मान रहेको उल्लेख गर्दै आजैको मितिदेखि कम्युनिस्ट एकताका लागि थप पहल गरेको बताएका दाहाल सचिवालयले जनाएको छ।
फागुन २१ गते अर्थात् आज सुखानी हत्याकाण्ड भएको ५१ वर्ष पूरा भएको दिन हो। सुखानीको जंगलमा मारिएका पाँच जना ‘कम्युनिस्ट क्रान्तिकारी’हरूको स्मरणमा एक साता शहीद सप्ताह मनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
