प्रतिधिनिसभा बैठक स्थगित

अर्को बैठक यही फागुन २४ गते बिहीबार बिहान ११ बजे बस्ने संघीय संसदले जनाएको छ।

काठमाडौँ– प्रतिनिधिसभाको सोमबार ११ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ। संघीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयले जारी गरेको सूचनामा विशेष कारणबस बैठक स्थगित गरिएको उल्लेख छ।

सत्ता गठबन्धन भत्केर नयाँ गठबन्धन बन्न गइरहेको राजनीतिक परिदृश्यकाबीच बैठक स्थगित भएको हो। अर्को बैठक फागुन २४ गते बस्ने भएको छ।

“प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९३० बमोजिम सभामुखज्यूले सभाको अर्को बैठक मिति फागुन २४ गते बिहीबार बिहान ११ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ,” सूचनामा भनिएको छ।