शेयर बजारमा सर्किट, कारोबार रोकियो

राजनीतिक उतारचढावका बीच धितोपत्र बजारमा सकारात्मक सर्किट लागेको छ।

काठमाडौँ– राजनीतिक उतारचढावका बीच धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धिपछि कारोबार रोकिएको छ।

सोमबार बजार खुलेको केही समयमै नेप्से परिसूचक ७९.२९ अंक अर्थात् ४.०४ प्रतिशतले बढेर दुई हजार ३९.६० अंकमा पुगेपछि नेप्से ‘हल्ट’ भएको छ। कारोबार शुरू भएको एक घण्टाभित्र ४ प्रतिशतले बढेपछि कारोबार २० मिनेटका लागि स्थगित भएको छ। कारोबार शुरू हुने बित्तिकै अरुण काबेली पावर लिमिटेड र त्रिशूली जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।