सोमबार सत्ता गठबन्धनमा आएको फेरबदलको प्रभाव नेपाली पुँजीबजारमा देखिएको छ।
काठमाडाैँ– नेप्से परिसूचकमा तेस्रो सकारात्मक सर्किट लागेसँगै सोमबारको लागि कारोबार बन्द भएको छ।
सोमबार नेप्से परिसूचकको कारोबार खुलेको ३ मिनेटमा नै ४ प्रतिशतले बढेर पहिलो सकारात्मक सर्किट ब्रेक लागेर २० मिनेटको लागि कारोबार बन्द भएको थियो। त्यस्तै २० मिनेटपछि कारोबार खुलेपश्चात १ मिनेटमा नै नेप्से ५ प्रतिशतले बढेर दोस्रो सर्किट लागरे ४० मिनेटको लागि कारोबार बन्द भएको थियो। दोस्रो सर्किट पश्चात खुलेको नेप्से कारोबार १ मिनेटको अवधिमा ६ प्रतिशतले वृद्धिभएसँगै सोमबारको लागि नेप्से कारोबार बन्द भएको छ।
सोमबार सत्ता गठबन्धनमा आएको फेरबदलको प्रभाव नेपाली पुँजीबजारमा देखिएको छ। लोमो समयदेखि पुँजीबजारमा छाएको निराशा सत्ता गठबन्धनमा भएको फेरबदलसँगै उत्साहमा परिणत भएको छ।
आजको कारोबारमा नेप्से परिसूचक ११७.७० अंकले उकालो लागेर २०७८ मा पुगेको छ। विभिन्न पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। ४१ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
विभिन्न २३७ कम्पनीका नौ लाख ३४ हजार ९१९ कित्ता शेयर ३७ करोड ५२ लाख ९ हजार ९७८ मूल्यमा कारोबार भएका छन्। कारोबार भएकामध्ये २३० कम्पनीको शेयर मूल्य उकालो लाग्दा दुई कम्पनीको मात्रै शेयर मूल्य घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
