उपेन्द्र यादवकै नेतृत्वमा जसपा सरकारमा जाने

नयाँ समीकरणअनुसार सरकार गठन हुने भएपछि पार्टी अध्यक्ष यादवको नेतृत्वमा सरकारमा सहभागी हुने कुरा करिब करिब तय नै रहेको पार्टीका नेता लालबाबु राउत गद्दीले बताए।

काठमाडाैँ– पार्टी अध्यक्ष अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमै जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी हुने भएको छ। नयाँ समीकरणअनुसार सरकार गठन हुने भएपछि पार्टी अध्यक्ष यादवको नेतृत्वमा सरकारमा सहभागी हुने कुरा करिब करिब तय नै रहेको पार्टीका नेता लालबाबु राउत गद्दीले बताए।

अघिल्लो पटक सप्तरी २ बाट निवार्नचित हुन नसकेपछि जसपा सरकारमा जाँदा यादव भने आफै सरकारमा जान पाएनन्। त्यसपछि उपनिर्वाचनमा बाराबाट चुनाव जितेका छन्। उनी अब आफ्नै नेतृत्वमा सरकारमा जाने कुरामा कुनै 'किन्तु परन्तु' नरेहको राउतले बताए।

नयाँ सत्ता समीकरणको सरकारमा जसपाले तीन मन्त्रालयमा दाबी गरेको पार्टी स्रोतले जानकारी दिएको छ। नयाँ गठबन्धनको सरकारमा पार्टीको राणनीतिबारे सोमबार बिहान बालकुमारीस्थित केन्द्रीय कार्यालयमा जसपा कार्यकारिणी समितिको बैठक बसेको थियो। संसदमा जसपासँग समग्रमा समानुपातिक ५ र प्रत्यक्षतर्फ ७ गरी १२ सिट रहेको छ।